एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुरु हुँदै

१० मंसीर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदैछ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उद्घाटन […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : प्रमाण पत्र वितरण र शपथ आजै, चितवन घोषणा पत्र जारी गरिने

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवन घोषणा पत्र जारी गर्दै आजै सकिने भएको छ । अध्यक्ष, उपाध्यक्षसहित केही पदका लागि भएको निर्वाचनको मतगणना सकेर निर्वाचितलाई आजै प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । विद्युतीय भोटिङ मशिनको प्रयोग भएकाले मतगणना छिट्टै सकिने अपेक्षा गरिएको छ । एमालेका कुल २ हजार ९६ प्रतिनिधिले मतदान गरेका छन् भने ५७ जना मतदानमा अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी छ ।

ओलीलाई 'जेलमेट' भन्दै देउवाले भने: 'देश र जनताका मुद्दामा सहकार्य आवश्यक छ'

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरू बीच एकता र सहकार्यमा जोड दिएका छन् । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार चितवनमा सम्बोधन गर्दै देउवाले देश र जनताका मुद्दामा संवाद र सहकार्यको आवश्यकता औंल्याएका हुन् । देउवाले आफू र ओली जेल बस्दा देखिको साथी 'जेलमेट' भएको स्मरण गरे । 'हामी जेलमा पनि सँगै बसेका हौं,' उनले भने । एमाले महाधिवेशन उद्घाटन समारोह चितवनस्थित नारायणी नदी किनारमा जारी छ । पार्टीको बन्द सत्र भोलिदेखि सौराहामा हुनेछ ।

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन, चितवनबाट प्रत्यक्ष प्रसारण

Bipin Ghimire Avi-rajकाठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भईरहेको छ। नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन र बन्दसत्र सौराहमा हुने भएको छ। महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जानकरी दिएको छ। उद्घाटन समारोहमा पाँच लाख मानिस ल्याउने एमालेको दाबी छ।

एमाले महाधिवेशनस्थल वरपर हुस्सु, टाढाबाट आएका सहभागीलाई बाटोमै भोज ! [फोटोफिचर]

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा आज शुरू हुँदैछ । दिउँसो उद्घाटन हुने महाधिवेशनस्थल नारायणगढमा बिहानैदेखि हुस्सु लागेको छ । उद्घाटनसत्रमा व्यापक जनसहभागी जुटाउने एमालेको तयारीअनुसार देशैभरबाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रका कार्यकर्ता चितवनतिर आइरहेका छन् । पश्चिमतिरबाट चितवन गइरहेका सहभागीको गाडीलाई ४ किलोमिटर वरै गैंडाकोटपट्टि रोकेर पैदल हिँडाइएको लोकान्तरकर्मी प्रकाश आचार्यले जानकारी दिए । उनका अनुसार पैदल बाटोका ठाउँठाउँमा खाना पाकिरहेको छ । नेता प्रभु साहको नेतृत्वमा रौतहटबाट आएका स...

यसरी हुँदैछ आज एमाले महाधिवेशन उद्घाटन

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ।महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।‘पाँच लाख कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुनेछन्’, महाधिवेशन प्रचार समिति

एमालेमा निर्विकल्प रहेनन् केपी ओली

५ मंसिर, काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अगाडि देखिएको सन्नाटा चिर्दै उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा आगामी शुक्रबारदेखि (१० मंसिर) शुरू हुने महाधिवेशन चार दिन बाँकी रहँदा रावलले उम्मेद्वारी घोषणा गरेका हुन् । ‘उहाँ (अध्यक्ष केपी ओली) स्वयंले केही पहिले नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा […]

‘पार्टी संरचना समावेशी नबनाउनु संविधान विरुद्ध’

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन पार्टीको आन्तरिक जीवनमा विशेष बन्दैछ । किनकि विधान महाधिवेशनबाट पार्टी विधान, संगठनात्मक र राजनीतिक प्रतिवेदन पारित भइसकेको छ । यसअर्थमा चितवन महाधिवेशन पूरक महाधिवेशनका रूपमा हुँदैछ । विधान महाधिवेशनले पारित गरेको विधानका आधारमा नेतृत्व चयन गर्दैछ । यो महाधिवेशनको सुन्दर पक्ष भनेको यसपटक एक तिहाइ महिला प्रतिनिधि चयन भएका छन् […]

नवलपरासी एमालेमा महाधिवेशन प्रतिनिधि छान्न निर्वाचन हुने

महाधिवेशन प्रतिनिधि चयनमा सहमति जुट्न नसकेपछि पश्चिम नवलपरासी एमालेमा निर्वाचन हुने भएको छ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने महाधिवेशन प्रतिनिधि चयनका लागि शुक्रवार सहमति नजुटेपछि शनिवार निर्वाचन हुने भएको हो । जिल्लामा २ संघीय निर्वाचन क्षेत्र छन् । १ वटा निर्वाचन क्षेत्रबाट २ जना महिला र ४ खुला महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट कूल ४ महिलासहित १२ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।  जसमा ११ जना महिला र २० जना खुला गरी कूल ३१ जना...

प्रचण्डले भने–एमालेले महाधिवेशन चितवनमा सार्नु हाम्रा लागि खुसीकै कुरा हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा एमालेको १०औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णयले आफ्नो विजयीयात्रा सुरु भएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले एमालेले चितवनमा महाधिवेशन...