राष्ट्रिय सभा सदस्य निर्वाचन : निर्वाचन अधिकृत असन्तुष्ट

निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तय भएको पाइएको छ । सुरु तलब स्केलको १५० प्रतिशत भत्ता दिनेगरी त्यस्तो कार्यविधि तय कार्यान्वयनमा आएको हो ।सेवा करारका कर्मचारी, सचिवको निजी सुरक्षाकर्मीलाई पनि भत्ता दिने कार्यविधिमा व्यवस्था छ । निर्वाचन तोकिएको मितिबाटै भत्ता पाउने व्यवस्था कार्यविधिमा छ । कार्यविधिको दफा ५ मा भनिएको छ, “निर्वाचनको कुनै काममा संलग्न आयुक्त, आयोगको सचिवालय तथा निर्वाचन कार्यालयमा

सम्बन्धित सामग्री

बागमती प्रदेशमा गठबन्धनका पाैडेल र तिमिल्सिना विजयी

राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ । हेटौँडा औद्योगिक क्षेत्रको सभाहल परिसरमा बुधबार मतदान भएको अन्य समुहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र महिला समुहतर्फ नेकपा (एकीकृत समाजवादी) का गोमादेवी तिमिल्सिना निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले पौडेल र तिमिल्सिना विजयी भएको घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा मतदान जारी

राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान जारी रहेको छ । अन्य समूह र महिला समूहमा गरी दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहल परिसरमा मतदान चलिरहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतदान विहान ९ बजेदेखि सुरु भएको र दिउँसो ३ बजेसम्म चल्ने जानकारी दिनुभयो । मतदान सकिएको एक घण्टापछि मतगणना गरिने जनाइएको छ ।

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा थापालाई नियुक्त गरिएको आयोगका प्रवक्ता राजकुमार […]

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । मंगलबार आयोगले आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई वैशाख १६ गतेबाट लागु हुने गरी निर्वाचन अधिकृतमा नियुक्त गरेको जनाएको छ । उनलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई नियुक्त गरिएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । यही जेठ ६ गते बिहीबारको दिन हुने वागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदै छ ।  राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रेष्ठलाई नियूक्त गरिएको हो ।

प्रतिनिधिसभाको समानुपातिक परिणाम बुझाउन आयोग आतुर: यादव :: Pahilopost.com

काठमाडौं: निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन  अधिकारीलाई निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिन सुरु गरेको छ।  प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न गर्न गम्भीर भएर लाग्नु पर्ने बताए।  ‘राष्ट्रियसभा सदस्य