५ महिनामा ८ सय ४४ जना महिला तथा बालिकामाथि हिंसा, ५६ प्रतिशत हिंसा घरभित्रै

काठमाण्डाै - महिला माथि घरेलु हिंसाका घटना बढ्दै गएको छ । महिला पुनर्स्थापना केन्द्र ओरेकले पछिल्लो ५ महिनामा गरेको अध्ययनले महलिा माथि घरेलु हिंसाका घटना बढिरहेको देखाएको हो । गएको साउनमहिनादेखि मंसिरसम्ममा ८ सय ४४ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना भएकामा ५६ प्रतिशत अर्थात ४ सय ७५ घटना घरेलु हिंसासँग सम्बन्धित रहेका ओरेकले जनाएको छ । श्रीमान तथा परिवारका अन्य सदस्यबाट महिलालाई विभिन्न बहानामा कुटपिट गरिएका, स्रोत–साधनबाट वञ्चित गरिएका, घरनिकाला गरिएका, गालीगलौज गरी भावनात्मक चो...