नागरिक एपमा नागरिकताको विवरण नमिल्ने समस्या बढ्यो, गृह मन्त्रालयले थाल्यो सुधारको पहल

सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा नागरिकतासम्बन्धी विवरण मेल नखाने समस्या देखिएको छ । व्यक्तिको नागरिकतामा एउटा विवरण तर गृह मन्त्रालयसँग भएको रेकर्डमा अर्कै विवरण हुँदा एप प्रयोगमा कठिनाइ हुने गरेको गुनासो बढ्दै गएको हो । यस्तो गुनासोलाई सम्बोधन गर्न पहल थालिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया आरम्भ गरिएको मंगलबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘नागरिक एपमा नागरिकका नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाएक...