किसानका पीडा- ‘बाढीले कुलो खायो, हाम्रा खेत बाँझै’

‘छिमेकी गाउँका खेतमा धान काल्लीसक्यो, गाँज फालिसक्यो । आधा साउन बितिसक्यो हाम्रा खेत अझै बाँझै छन् । ब्याड छिपिसक्यो । कुलोमा पानी अझै चलेको छैन । गत असारको १४ र साउन ११ गतेको बाढीले कुलो खायो । कुलो बनाउन अझै सकिएको छैन । खेतमा पानी चलेको छैन । बाँझो खेत र भत्किएको कुलो हेर्ने बाहेक अरु केही उपाय छैन ।’ घोराही –२ अवलडाँडाका किसान बिर्ख बहादुर कामीले दुःख पाेख्दै भने–‘ बाढीले कुलो खायो, खेत बाँझै छ । कहिले कुलो बन्ला कहिले पानी चल्ला, कहिले खेती होला आधा साउन बितिसक

सम्बन्धित सामग्री

भारतबाट मजदुर ल्याएर कपिलवस्तुमा गरियाे रोपाई

पम्पसेटले पानी नहर कुलो पोखरीबाट पानी तानेर धान रोप्नका लागि कृषकहरुले खेतमा जोताई गरेर ठिक्क पारेका छन्। धान रोपाईका लागि ब्याडमा बीउ तयार छ। खेत जोतेर रोपाईको प्रतिक्षामा रहेका कृषकहरु रोपाईका लागि मजदुर नपाएर हैरान छन्।...

महाकाली करिडोरले कुलो पुर्दा खेत बाँझै

बैतडी : महाकाली करिडोर सडकले बैतडीमा कुलो पुर्दा किसानका खेत बाँझै रहेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका– २ को बज्वागडा स्कुल अगाडिदेखि करिडोरको कटिङ गर्दा कुलो पुरिएकाले यहाँका किसानका खेत बाँझै रहेका हुन्।कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझो रहेका किसान धनसिंह मंगोलाले बताए। अहिले डिम्मर, मटयानीका ४५ किसानको खेत बाँझै रहेको छ।करिडोर खन्ने क्रममा कुलो पुरिएपछि पञ्चेश्वर गाउँपालिका–२ को डिम्मर, मटयानी लगायतका खेतहरुमा पानी नल

सिंचाई कुलो निर्माण भएपछि किसानलाई सहज

जुम्ला । चन्दननाथ नगरपालिका–९ की नन्दलक्ष्मी रावलले सिंचाई कुलो निर्माण भएपछि सोचे अनुसार खेतीबाट उब्जनी हुने बताइन् । उनी यसअघि जसोतसो खनेर बनाएको कुलोले खेतमा सिंचाई गर्न बाध्य थिइन् । उनीमात्रै होइन, चन्दननाथ–९, रिमिज्युलोमा

उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा

बारा । बालुवा र क्रसर उद्योग सञ्चालन हुन थालेपछि बाराको जीतपुर सिमरा उपमहानगर–१२ बस्ने हरिन्द्र चौधरीको खेत छेउको सार्वजनिक कुलो त मासियो नै पानीको मुहानसमेत सुकेको छ । खेत छेउमै रहेको क्रसर र बालुवा उद्योगबाट बगेर आउने धमिलो पानी, क्रंकिटयुक्त बलौटे माटो र मसिना ढुंगाले खेती गर्न समस्या हुनुका साथै उब्जनीसमेत घट्दै गएको चौधरीको गुनासो छ ।‘वडाध्यक्षले खेतको बीचमा क्रसर र बालुवा उद्योग चलाउन कसरी अनुमति दिए भन्ने हामीलाई थाहा छैन तर, अहिले हामीलाई खेती गर्नै समस्या भएको छ,’ उनले

सडकले कुलो भत्काउँदा २ सय रोपनी खेत ८ वर्षदेखि बाँझै

बैतडीको पाटन नगरपालिका-५ स्थित अडतोला र कद्द्वार गाउँ खेतीपातिका लागि निकै उपयुक्त गाँउ हुन् ।  स्याडी खोलाबाट कुलोमार्फत पानी ल्याइएकोमा पाटन-पञ्चेश्वर सडकले कुलो भक्ताएपछि सिँचाइको समस्या भएको छ । अडतोला र कद्द्वार गाउँका ५० बढी परिवारले कोदालोले खनेर खेतमा पुर्‍याएको सिँचाई कुलो २०७० सालमा भत्काइएको हो । स्थानीय धर्मानन्द पाण्डेयले भने, ‘२०३८सालमा गाउँलेहरु मिलेर बनाएको कुलोबाट सिँचाई गर्दै आएका थियौँ । पाटन-पञ्चेश्वर सडक खन्ने बेला भत्किएको कुलोलाई एक दुई पटक आफैँले मर्मत

खोला दोहनले गुल्मीका किसानलाई खेतै नासिने चिन्ता, सरोकारवालालाई वास्तै छैन

गुल्मी : इश्मा गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय जीवलाल खनालको छल्दी खोला किनारमा १० रोपनी खेत छ। उनलाई यस वर्ष रोपाइँ गर्न नपाइने हो कि भन्ने चिन्ताले रातदिन सताइरहेको छ।खोलाको किनारैमै खेत हुनु र रोपाइँ गर्न नपाइनेभन्दा अचम्म पनि लाग्न सक्छ। कारण  हो, छल्दीखोलाबाट अत्याधिक गिटी बालुवा निकाल्नु।खोला अत्याधिक मात्रामा दोहन हुँदा उनको खेतमा जाने कुलोभन्दा झन्डै ५/७ मिटर तल पुगेको छ नै। कुलो नै नास हुने अवस्थमा पुगिसकेको छ। जसकारण खेतमा रोपाइँ गर्न नपाइने र खेत नै कटान हुने चिन्ता

सडकले कुलो भत्काएपछि माझीको खेत बाँझियो

पाँचथर । जिल्लाको हिलिहाङ–७, माझिटारमा तमोर करिडोर सडकले सिंचाई कुलो भत्काएपछि स्थानीय माझि समुदायले खेतीकमाई गर्दै आएको खेत बाँझिएका छन् ।...

सडकले कुलो पुरेपछि खेत बाँझो

हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीको भाडबेँसीमा सडक निर्माण गर्दा कुलो बिग्रेपछि १६० रोपनी खेत बाँझो रहन गएको छ। वर्षमा तीन बाली खेती फल्ने खेतमा अहिले आकाशे पानीको भरमा एक बाली मकै मात्र फल्ने गरेको छ। २०७५ सालमा सडक निर्माण गर्दा कुलो बिग्रेको स्थानीयवासीले बताएका छन्। बिग्रेको ५ वर्ष पुग्दा पनि कुलो निर्माणमा कसैको ध्यान नजादा स्थानीयवासी निराश भएका छन्। वर्षभरि खान पुग्ने अन्न उत्पादन हुने खेत बाँझिएपछि केही कृषक बसाइँ सरिसकेका छन्।

कुलो पुरिँदा २ हजार रोपनी खेत बाँझै

आधा दशकअघिसम्म पालीका बलराम खत्री हडाहाको १० रोपनी खेतमा ५० मुरी धान फलाउँथे । हिउँदमा गहुँ र आलु पनि प्रशस्तै फल्थ्यो । ६ वर्षयता भने खेत बाँझै छ । सिँचाइ कुलो पुरिएपछि खाने अन्नसमेत किन्नुपरेको हो ।

कुलो बगाउँदा खेत बाँझै

पहिरोले कुलो बगाइदिएपछि जिल्लाकै खाद्यान्न उत्पादन हुने प्रमुख फाँटमध्येको चन्द्रकोट गाउँपालिका ७ रूपाकोट दमुकाको ५ सय ५० रोपनी खेत बाँझिएको छ ।