यी हुन् एमाले महाधिवेशनमा सहभागी हुने ४ देशका १५ विदेशी पाहुना (सूचीसहित)

नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने विदेशी अतिथिहरूको विवरण सार्वजनिक गरेको छ । बिहिबार एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा ४ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिए । भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् । काठमाडौं आइपुगेका केही अतिथिलाई उनले सोल्टी होटलमा रात्रीभोजको समेत आ

सम्बन्धित सामग्री

एमाले महाधिवेशन बन्दसत्र : ओलीको सम्बोधनदेखि विदेशी पाहुनाको शुभकामनासम्म

चितवन, ११ मंसिर : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा सुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताएका छन् । ‘हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता […]

एमाले महाधिवेशन : भित्र बन्दसत्र, बाहिर चहलपहल (फोटो फिचर)

नेकपा (एमाले) को जारी १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । नेतृत्वको लागि सहमतिको प्रयासमा हुँदा शनिबार ढिला गरी बन्दसत्र सुरु भएको हो । शनिबार बिहान साढे ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र साढे ३ बजेपछि मात्र सुरु भएको हो । सौराहाको सेभन स्टार होटलको बैठक कक्षमा सुरु भएको बन्दसत्रमा विदेशी पाहुनाहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।

एमाले महाधिवेशनः बन्दसत्रमा सम्बोधन गर्दै विदेशी पाहुना

चितवन– नेकपा  एमालेको १० औँ महाधिवेशनको बन्दसत्र सौराहामा चलिरहेको छ। बन्दसत्रको उद्घाटनमा अहिले विदेशी पाहुनाहरुले सम्बोधन गरिरहेका छन्। एमाले महाधिवेशनमा शुभकामना दिन विभिन्न देशका राजनीतिक दलका नेताहरु उपस्थित छन्। भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया लगायतका देशबाट राजनीतिक दलका नेताहरु आएका छन्। उनीहरुले महाधिवेशन सफलताको शुभकामना दिएका छन्। एमालेको १० औँ महाधिवेशन शुक्रबारबाट सुरु भएको थियो।

एमाले महाधिवेशन : ५ घण्टा ढिलो गरी सुरु भयो बन्दसत्र

चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिलो गरि सुरु भएको हो। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी भएपछि बन्दसत्र ढिला भएको छ। बिहानैदेखि नेताहरु सहमतिका लागि प्रयासरत भएपनि कुनै पनि सहमति हुन सकेको छैन। बन्दसत्रमा विदेशी पाहुना र एमाले अध्यक्ष केपि शर्मा ओलीले…

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

– नारायण अधिकारी चितवन, १० मङ्सिर : कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ । देशभरबाट आउने प्रतिनिधि र पर्यवेक्षकसँगै स्वदेशी तथा विदेशी पाहुनाले यहाँको पर्यटकीय महत्वको सन्देश बोकेर जाने भएका छन् । यसबाट […]

एमाले महाधिवेशनमा चार देशका विदेशी पाहुना सहभागी हुने

काठमाण्डाै – नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने भएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा आज बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले काठमाण्डाैमा पत्रकार सम्मेलन गरी भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित हुने पक्का भएकाे बताएको हो । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका सं...

एमाले महाधिवेशन : चितवनका यी सडकमा चल्ने छैनन् सवारी

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी चितवनका केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द सत्रका कार्यक्रममा सौराहामा हुनेछ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्षनेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको […]