खेलकुदमा उचित बजेट विनियोजनका लागि पहल गर्छु : मन्त्री लिम्बु

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्रलाई सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने भएका छन्।राजधानीमा शुक्रवार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेलकुद पत्रकारिता गरेका व्यक्तिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले बजेटमा खेलकुद क्षेत्र सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने जानकारी दिएका हुन्।खेलाडीहरूले बजेटका कारण पर्याप्त अभ्यास गर्न नपाएको र पटकपटक बजेटका लागि आग्रह गरिरहनुपर्न