कोभिशिल्ड लगाउनेले युरोपका सात देशमा पाए यात्राको अनुमति

एजेन्सी। भारतमा निर्मित कोरोनाविरुद्धको खोप कोभिशिल्डलाई युरोपका सात देशले मान्यता दिएका छन्। ती सात देशमा अष्ट्रिया,जर्मनी,स्वीट्जरल्याण्ड, स्लोभेनिया,ग्रीस,आइसल्याण्ड र स्पेन रहेका छन्। यी सात देशले कोभिशिल्ड लगाउनेलाई आफ्नो देश प्रवेश दिने जनाएका छन्।कोभिशिल्ड खोप अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको हो। यसलाई भारतमा सिरम इन्स्टीच्युट अफ इण्डियाले उत्पादन गरेको छ।युरोपका सात देशले कोभिशिल्डलाई मान्यता दिए पनि युरोपेली युनियनले भने हालसम्म मान्यता दिएको छैन।

सम्बन्धित सामग्री

कोभिशिल्डसहित भारतीय खोप लगाउनेले ईयूका देशमा भ्रमण गर्न पाउने

युरोपेली संघका ९ देशले भारतमा बनेको कोभिशिल्ड भ्याक्सिनलाई मान्यता दिएका छन् भने एस्टोनियाले कोभ्याक्स सहित सबै भारतीय खोपलाई मान्यता दिने घोषणा गरेको छ ।

कोभिशिल्डसहित भारतीय खोप लगाउनेले ईयूका देशमा भ्रमण गर्न पाउने

युरोपेली संघका ९ देशले भारतमा बनेको कोभिशिल्ड भ्याक्सिनलाई मान्यता दिएका छन् भने एस्टोनियाले कोभ्याक्स सहित सबै भारतीय खोपलाई मान्यता दिने घोषणा गरेको छ ।

सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात नगर्ने

काठमाण्डाै – कोभिशिल्ड खोपको उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले यो वर्षको अन्त्यमा मात्रै खोप निर्यात गर्ने सक्ने जनाएको छ । कम्पनीले विज्ञप्ति निकालेर भारतका नागरिकलाई जोखिममा राखेर अरु देशमा खोप निर्यात नगरेको र आउने समयमा पनि भारतलाई नै प्राथमिकतामा राख्ने बताएको छ । कम्पनीले निकालेको विज्ञप्तिमा सन् २०२१ को अन्त्यतिर मात्रै खोप निर्यात गर्न सक्ने उल्लेख छ । अहिले भारत सरकारले पनि खोप निर्यातमा रोक लगाएको छ । नेपालले सेरमसँग २० लाख डोज खोप खरिद सम्झौता गरेकोमा १० लाख डोज मात्रै ल्याएको छ । बाँकी १० लाख डो...