अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनअनुसार अगस्त महिनाका लागि नेपाली डिभी विजेताहरूको केस नम्बर १३ हजार कायम गरिएको छ। यो संख्या जुन महिनाका लागि ११ हजार रहेकोमा अगस्तका लागि बढाइएको हो। डिसेम्बर १९ देखि यूएससीआईएसले अमेरिकाभित्र डिभी लोटरीमा आधारित ग्रिनकार्ड एड्जस्टमेन्ट प्रक्रिया स्थगित गरेपछि अमेरिकी विदेश मन्त्रालयले दूतावासमार्फत डिभी भिसा […]
युएससीआईएसले जुन महिनामा पनि अमेरिकाभित्र रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूका लागि ग्रिनकार्ड आवेदन आई-४८५ पेश गर्न भिसा बुलेटिनको फाइनल एक्सन डेट चार्ट प्रयोग गर्नुपर्ने स्पष्ट गरेको छ। अप्रिलसम्म युएससीआईएसले रोजगारीमा आधारित एडजस्टमेन्ट अफ स्टेटस आवेदनहरूका लागि तुलनात्मक रूपमा उदार फाइलिङ डेट चार्ट प्रयोग गर्न अनुमति दिँदै आएको थियो। फाइनल एक्सन डेट्स चार्टमा फर्किएसँगै एजेन्सीले आवेदकहरूको योग्यताको […]
जुन २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मितिमा केही श्रेणीमा अग्रता कायम भएको छ भने केही श्रेणी स्थिर रहेका छन्। अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अघिल्ला महिनाहरूमा जस्तै जुन महिनामा पनि करेन्ट नै रहने भएको छ। यसको अर्थ, यस श्रेणीका आवेदकहरूले […]
३१ वैशाख, काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा हुने तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ ।
संघले बिहीबार प्रेस रिलिजमार्फत तेस्रो संस्करणको प्रतियोगिता असार ५ गते हुने घोषणा गरेको …
यशोदा फूड्सद्धारा करेन्ट र लाली चाउचाउ बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा रहेका करेन्ट र लाली चाउचाउको नमुना परीक्षणका क्रममा स्वच्छ नदेखिएको भन्दै बिक्री वितरण नगर्न–नगराउन निर्देशन दिएको हो । विभागले बजारमा रहेका करेन्ट र लाली चाउचाउको नमुना परीक्षणका क्रममा स्वच्छ नदेखिएको भन्दै फिर्ता गर्न पनि निर्देशन दिएको […]
नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका व्यक्तिहरूलाई फौजदारी कसुरको शैलीमा धरपकड गरिएको भन्दै कडा आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरूमा आर्थिक मुद्दासम्बन्धी अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गरिएको घटनाले व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको जनाएको छ। महासंघका अनुसार यस्तो प्रवृत्तिले लगानीकर्ता तथा समग्र व्यवसायिक जगतमा नकारात्मक सन्देश प्रवाह […]