महिमा चौधरीको छोरी देखेर प्रशंसक चकितः भने, ‘आमाको कार्बन कपी’

९० को दशककी चर्चित नायिका तथा मोडल महिमा चौधरी हालै आफ्नी छोरी एरियानासँग मुम्बईको एउटा क्लिनिक बाहिर भेटिइन् । त्यतिबेला महिमाले कालो रङको पहिरन, क्याप र सेतो स्निकर्स लगाएकी थिइन् । यस्तै उनकी छोरी एरियानाले सेतो टिसर्ट, कारगो र सेतो स्निकर्समा देखिइन् ।दुबै आमा–छोरी फोटोमा असाध्यै राम्री देखिएका छन् । प्रशंसकले पनि ...

सम्बन्धित सामग्री

माया, प्रेम र भावनाको कथा ‘द आर्चिज’

बाल्यकालमा जो कोही बच्चा पनि कमिक्सको प्रशंसक हुन्छन् । हामी सबैसँग कमिक्सका सम्बन्धित बाल्यकालका सुन्दर सम्झना छन् । यदि कमिक्सकै सेरोफेरोमा चलचित्रलाई पर्दामा ल्याइयो र त्यो पनि पुरानै शैलीमा बन्यो भने कस्तो होला ? निर्देशक जोया अख्तरद्वारा निर्देशित चलचित्र ‘द आर्चिज’ कमिक्स किताबको संस्करण हो । शाहरुख खानकी छोरी सुहाना खान, बोनी कपुर–श्रीदेवीकी छोरी खुसी कपुर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दाले यसै चलचित्रबाट आफ्नो अभिनयको सुरुवात गरेका छन् । चलचित्र ६० को दशकको मित्रता, प्रेम र भावनाको कथा हो । चलचित्रमा एङ्ग्लो–इन्डियनको अनेकन भाइब्स सुन्दर रूपमा देख्न सकिन्छ ।

छोरी ऐश्वर्या र ज्वाइँ धनुषको पुनर्मिलन गराउन व्यस्त रजनिकान्त

मुम्बई । विवाहको १८ वर्षपछि साउथ सुपरस्टार धनुष र उनकी श्रीमती ऐश्वर्या रजनिकान्तले वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउने निर्णय गरे । यो जोडीको यस्तो घोषणाले उनीहरुका प्रशंसक अनि स्वयं बुबा रजनिकान्त असन्तुष्ट छन् ।   रजनीकान्त आफ्नी छोरी र ज्वाइँको सम्बन्ध विच्छेद भएको हेर्न चाहँदैनन् । त्यसैले त रजनीकान्त छोरी ज्वाईको पुनर्मिलन गराउन...

उडेको बललाई नियन्त्रणमा लिएर हिर्काउँदा डिफेन्डर ढल्न पुगे

फुटबलका महान हस्ती अर्जेन्टिनाका डिआगो म्याराडोनाको निधनले विश्वभरिका खेल प्रशंसक शोकमा छन् । अर्जेन्टिना भने तीन दिनसम्म शोकमा रहने घोषणा गरेको छ । विश्व फुटबलमा लामो समयसम्म आफ्नो वर्चश्व कायम राख्नुभएका ६० वर्षीय डिआगो म्याराडोनाको टिग्रेस्थित आफ्नो निबासमा बुधबार अबेर निधन भएको हो । उहाँले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाउनुभएको थियो । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले म्याराडोनाको अस्तित्वप्रति धन्यवाद दिनुहुँदै तीन दिने शोकको घोषणा गर्नुभएको छ । अक्टोबर ३०, १९६० मा पोलिक्निका लानसमा बुवा डोन डिआगो र आमा डाल्मा साल्भाडोरा डोना टोटाको पाँचौं सन्तानको रुपमा उहाँको जन्म भएको हो । उहाँको जन्म भएको दिनको पनि रोचक प्रसंग छ । लानस नजिकको पोलिक्लिनिको एभिटा अस्पतालमा उहाँ जन्मिनु अघि ११ जना नवजात शिशुको जन्म भएको थियो । सबै छोरी थिए । चिकित्सकले उक्त दिन पहिलो छोरा जन्मेकोमा आमा बुवालाई बधाई दिएका थिए ।