म्याग्दी क्याम्पसमा सूचना प्रविधिको विषयमा पढाइ

म्याग्दी : धौलागिरि क्षेत्रमा नै पहिलोपटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ। म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत समय सुहाउँदो प्राविधिक शिक्षाको विषयमा अध्ययन तथा अध्यापन गराउन लागिएको हो।यसैक्रममा हिजो (शुक्रबार) म्याग्दी जिल्लामा क्रियाशील पत्रकारसँग भेटघाट कार्यक्रमको आयोजना गरी म्याग्दी बहुमुखी क्याम्पसले सञ्चालन गर्न लागेको सूचना, प्रविधि विषयको बारेमा अन्तरक्रिया र छलफल गरिएक

सम्बन्धित सामग्री

विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्छ : राज्यमन्त्री यादव

कर्णाली– शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्नेमा जोड दिएकी छिन् । सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘शैक्षिक भवन समुद्घाटन, प्रतिमा÷सालिक अनावरण तथा हस्तान्तरण’ कार्यक्रमको उद्घाटन समारोहमा राज्यमन्त्री यादवले सूचना र प्रविधिको युगमा क्याम्पस तथा विश्वविद्यालयको पढाइ सैद्धान्तिक ज्ञानमा सीमित राख्न नहुने सुझाव दिइन् । विद्यालय र क्याम्पसको […]

म्याग्दी क्याम्पसमा सूचना प्रविधि विषयको पढाइ

म्याग्दी (अस) । म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणाली अन्तर्गत प्राविधिक शिक्षाको विषयमा अध्ययन–अध्यापन गराउन लागिएको हो । साविक धवलागिरिमै पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले सूचना तथा प्रविधिको क्षेत्रमा अध्यापन गराउने मौका पाएको हो । प्राविधिक शिक्षाका लागि ठूला शहर तथा विदेशमा जाने चलन बढिरहेको समयमा क्याम्पसले जिल्लामै स्नातक तहमा कम्प्युटर तथा सूचना, प्रविधि (बीआईसीटीई)को विषयमा शैक्षिक कार्यक्रम शुरू गर्ने भएको छ । जिल्लाका विभिन्न विद्यालयमा विज्ञान, गणित, कम्प्युटर जस्ता प्राविधिक विषय पढाउने शिक्षकको अभाव भइरहेको बेला म्याग्दी क्याम्पसले एकैपटक दुईओटा विषयको सम्बन्धन प्राप्त गरेको छ । बीआईसीटीई र बीएड साइन्स कार्यक्रमका लागि प्रवेश परीक्षाका लागि आवेदन खुलाइएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताए । समेस्टर प्रणालीमा अध्ययन तथा अध्यापन हुने कम्प्युटर प्रविधिको विषयमा ४० प्रतिशत आन्तरिक तथा ६० प्रतिशत लिखित परीक्षा हुने सूचना अधिकारी समेत रहेका सहायक क्याम्पस प्रमुख सुवेदीले जानकारी दिए । बीआईसीटीई विषयमा अध्ययनका लागि यही फागुन १० गतेसम्म प्रवेश परीक्षाको आवदेन दिन सकिने समय तोकिएको छ । २०४८ सालमा स्थापित म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहसम्म विभिन्न विषयमा पढाइ हुँदै आएको छ । क्याम्पसमा १४ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

ई–नेपालको यात्रा (सम्पादकीय)

समस्याले सम्भावनाको जन्म गराउँछ । जहाँ समस्या त्यहाँ उपाय भन्ने भनाइ तथा मान्यता पुरानो हो । आवश्यकताले संस्कृतिको निर्माण गर्छ भन्नेमा धेरै मानवशास्त्री सहमत छन् । कोभिड–१९ का अँध्यारा पक्ष प्रशस्त छन् । मानौँ यो अनिश्चय र सम्भावित दुर्घटनाको कालो बादल हो तर फेरि त्यहीँ बादलमा चाँदीको घेरा पनि देखे विश्वका वैज्ञानिकले । खोप बनाए । यस बारेमा थप अध्ययन÷अनुसन्धान गरिरहेका छन् । यही कहरलाई मध्यनजर गरेर सूचना प्रविधिलाई जनमैत्री बनाउने काम विश्वभरमा भएको छ । विभिन्न एपबाट ‘भर्चुअल’ पढाइ भएका छन् र भविष्यमा विद्यालय बिनाको विद्याको सम्भावना देखिएको छ । ई भुक्तानी (विद्युतीय कारोबार) का सम्भावना विस्तार भएका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय ठूला सभा, सम्मेलन ‘भर्चुअल्ली’ सम्पन्न भएका छन् । अर्थात्, सूचना प्रविधिले विश्वमा नयाँ क्षितिज उघार्दैछ । नेपालजस्तो भर्खरै सूचना प्रविधिको युगमा प्रवेश गरेको मुलुकमा पनि छोटै समयमा यस दिशाको यात्रा परिणाममुखी देखिएको छ ।

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ | Nagarik News - Nepal Republic Media

कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ।

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

काठमाडौं :  कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ। सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको हो। ...

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो ।