काठमाडौं : आज र भोलि देशैभर मौसम बदली हुने भएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई÷तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए। आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षाले पहाडी भुभागमा चल्ने आन्तरिक उडान प्रभावित हुने सक्ने मौसम