सर्वोच्चको फैसलापछि निर्वाचनका सबै कार्यक्रम स्थगित

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेसँगै निर्वाचनका सबै कार्यक्रम स्थगित भएका छन् ।  निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित भएको बताए ।  ‘निर्णय गर्न बाँकी छ, निर्णय भएसँगै स्थगित भएको सूचना जारी गर्छौं,’ उनले लोकान्तरसँग भने । यसअघि आयोगले कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने भन्दै तालिकासमेत प्रकाशन गरेको थियो ।