न्यायपालिकासँग भागवण्डा गरेर शासन चलिरहेको छ : मैनाली

काठमाडौं : नेकपा मालेका महासचिव सिपी मैनालीले अहिले न्यायपालिकासंग भागवण्डा गरेर शासन चलिरहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै मैनालीले यसले शक्ति पृथकीकरणको सिद्धान्तमा नै प्रश्न खडा गरेको बताए। ‘हिजो सत्तापक्षले प्रमुख प्रतिपक्षसँग भागवण्डा गरेर शासन चलाउँथ्यो, आज न्यायपालिकासँग भागवण्डामा गरेर शासन चलिरहेको छ।’ उनले भने, ‘न्यायपालिकाले कार्यकारीसँग भागवण्डा लिन्छ र न्याय गर्छ भने त्यो निश्पक्ष होला? हुँदैन।’&n