सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने

काठमाडौँ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासबाट आजै थुनछेक आदेश जारी हुँदै छ । सन्दीपविरुद्धको मुद्दामा मंगलबारदेखि सुरु भएको थुनछेक बहस आज सकिएको हो । सरकारी वकिलको तर्फबाट न्यायाविवक्ता लक्ष्मण उपाध्याय घिमिरेको नेतृत्वमा चारजना सरकारी वकिल, जाहेरवालाको तर्फबाट तीनजना […]