दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली

दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ। नियमित प्रक्रियाअनुसार आज (मंगलबार) २३३ जना नेपाली शान्ति सैनिकको डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको छ।

सम्बन्धित सामग्री

नेपाली शान्ति सैनिक अबेईतर्फ प्रस्थान

काठमाडौं । नेपाली शान्ति सैनिक दक्षिण सुडान र सुडानबीचको विवादास्पद भूमि अबेईतर्फ प्रस्थान गरेका छन् । अबेईका लागि संयुक्त राष्ट्रसंघ अन्तरिम सुरक्षा बलमा तैनाथ हुन श्री फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) पहिलो डफ्फा बिहीबार राति त्यसतर्फ प्रस्थान गरेको हो । प्रमुख सेनानी सुवेश कायस्थको कमान्डमा ६७ नेपाली शान्ति सैनिक टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

दक्षिण सुडान युएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली

काठमाडौँ । दक्षिण सुडान युएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली सुरु भएको छ ।नियमित प्रक्रियाअनुसार आज मंगलबार श्रीजंग गण ११ औँ डफ्फाको २३३ जना नेपाली शान्ति सैनिक युएन चार्टड फ्लाइटमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । यसैगरी, दक्षिण सुडानबाट आफ्नो कार्यकाल समाप्त गरेर नेपाली शान्ति सैनिकको टोली साउन २०, भदौ ९ र भदौ ३० गते नेपाल आइपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले कोभिड–१९ को महामारीका कारण शान्ति स्थापना कार्यलाई निरन्तरता दिइएको जनाएको

यूएन मिसनमा दक्षिण सुडान उड्यो नेपाली सेनाको टोली

काठमाडौं: शान्ति मिसनका लागि नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिसनको हाई रिडिनेस कम्पनीको नियमित अदली बदलीको क्रममा आज विहान पहिलो डफ्फाका ७८ जना नेपाली शान्ति सैनिक, मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्। कोभिड-१९ महामारीका दौरान पनि