मन्त्रिपरिषद बैठक : एसईई परीक्षा आन्तरिक मूल्यांकनको आधारमा गर्ने

काठमाडौं। एसईई परीक्षा आन्तरिक मुल्यांकनको आधारमा गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ। बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनको आधारमा गरिने निर्णय गरिएको एक मन्त्रीले बताए। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना महामारीका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनको आधारमा गर्नुपर्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले पारित गरेको ति मन्त्रीले बताए।