जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

मझगाउँ विमानस्थल निर्माणको काम सुरु भएको अढाइ वर्ष भयो । विमानस्थलको रन वेदेखि, ट्याक्सी वे, एप्रोन र टर्न प्याडलगायतको निर्माण पनि भइरहेको छ । तर अझै पनि निर्माणस्थलको जग्गाको विवाद भने टुगिंएको छैन । उक्त जग्गाको भोगाधिकार लिन नसक्दा निर्माण कार्य नै प्रभावित हुने देखिएको छ ।