किसानलाई विशेष राहत दिन मुख्यमन्त्री राउतको माग

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीपीडित प्रदेश २ का किसानका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २ को धानबालीमा व्यापक क्षति भएको उल्लेख गर्दै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेका हुन्।पछिल्लो बाढीले देशैभरि ठूलो क्षति भएपछि संघीय सरकारले क्षति व्यवस्थापनका लागि प्राधिकरणको बैठक