हेटौंडा : बागमती प्रदेशसभाको दुईवटा समितिको सभापति चयन गर्न निर्वाचन हुने भएको छ।प्रदेशसभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति चयन गर्न हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सो समितिहरूको सभापति चयन गर्न आगामी माघ १७ गते सोमबार निर्वाचन गर्ने सूचनामा उल्लेख छ।गत वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछन्। त्यस्तैगरी, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना