डा. बराल र गुरुङलाई सम्मान

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराललाई रु. ५० हजारको ‘प्रतिभा सम्मान’ र युवा सङ्गीतकार गणेश गुरुङलाई रु. एक लाखको ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी दिए। सन् २००८ मा बेलायतमा स्थापित सो संस्थाबाट हालसम्म ईश्वर मानन्धर,  अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा डा गोविन्दराज भट्टराई, ...