राजधानीको सुन्धारामा विप्लवका कार्यकर्ताद्वारा टायर बालेर प्रदर्शन (तस्बिरहरु)

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राजधानीको सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको छ । पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको मूल्यवृद्धिलगायतको विरोध र खारेज तथा भ्रष्टाचारलगायतको विरोधमा विप्लवले मंगलबार नेपाल बन्दको आह्वान गरेको हो । बन्दको असर राजधानीलगायत देशभर सामान्य परेको छ । 

सम्बन्धित सामग्री

टायर बालेर सडकमा निस्किएका विप्लवका कार्यकर्ता पक्राउ (तस्वीरसहित)

काठमाडौं : बन्द सफल पार्न उपत्यकाको भद्रकाली चोकमा प्रदर्शन गर्ने नेकपा विप्लव समुहका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बन्दकर्ताले सडकमा टायर बालेर नाराबाजी गरेका थिए।प्रहरीले उनीहरूलाई तितरबितर गर्न सामान्य बल प्रयोग गरेको छ।  पार्टीका कार्यकर्ता बिहानैदेखि उपत्यकाका विभिन्न क्षेत्रमा बन्द सफल पार्ने प्रयास गरिरहेका छन्। तर, उपत्यकामा बन्दको प्रभाव सामान्य देखिएको छ।सार्वजनिक सवारी कम चले पनि निजी सवारी ठूलो संख्यामा चलेका छन्। पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य

सुन्धारामा सडक अवरुद्ध गर्न खोज्ने विप्लवका कार्यकर्ता पक्राउ (तस्बिरहरू)

काठमाडौं । प्रहरीले काठमाडौंको सुन्धाराबाट नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ । मंगलबार सडकमा टायर बालेर प्रदर्शन गरिरहेका विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले जिरहेका थिए । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज देशभर बन्द आह्वान गरेको छ ।  तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी