चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात अनुमति माग्दै पटक–पटक पत्र पठाइसकेको छ । तर, अर्थ मन्त्रालयका जिम्मेवारी अधिकारीहरू सो पत्र रोक्दै चिनीको अभाव गराउने खेलमा लागेका हुन् ।साल्ट ट्रेडिङ कर्पोरेशनले ८ महिना अगाडि ५० हजार मेट्रिक टन चिनी आयात अनुमति माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर