कोभिड–१९ को जोखिम कम नभएपछि तनहुँमा निषेधाज्ञालाई निरन्तरता

असोज १३, तनहुँ । जिल्ला संकट व्यवस्थापन केन्द्रले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्षसहित केन्द्रले निषेधाज्ञा आदेश कायम गरेको हो  केन्द्रका संयोजक एवम् प्रजिअ विश्वप्रकाश अर्यालले बुधवार विज्ञप्ति जारी गरी यसअघि जारी भएको निषेधाज्ञालाई अर्को आदेश नभएसम्म  जिल्लाभर लागू गरिएको जानकारी दिए ।  मन्त्रिपरिषद्को यही असोज ५ को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उदफा ३, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सो आदेशलाई निरन्तरता दिइएको हो ।  आदेशमा सर्वसाधारण सबैले मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, समयसमयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न, चाडपर्व मनाउँदा भीडभाड नगर्न, सकभर घरमै मनाउन, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरेर मात्र आवतजावत गर्न, अनावश्यक रुपमा मानिसहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।  उद्योग, कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा हल, व्यायामस्थल लगायतका स्थान सामाजिक दूरी कायम राखी स्वास्थ्य मापदण्डको पालना हुने गरी सञ्चालन गर्न, सार्वजनिक यातायात सञ्चालकले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, बैठक गोष्ठी भर्चुअल माध्यमबाट गर्न, भौतिक उपस्थितिमा गर्नैपर्ने भएमा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना हुने गरी गर्न पनि आदेशमा उल्लेख छ ।  विद्यालयलगायत शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने सम्बन्धमा कोभिड–१९ जोखिमको विश्लेषण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाउने मापदण्डका आधारमा सञ्चालन गर्न आदेश गरिएको छ । रासस

सम्बन्धित सामग्री

कोभिड-१९ संक्रममितको ‘जिन सिक्वेन्सिङ’ गरिने

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोभिड–१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न सङ्क्रमितको ‘जिन सिक्वेन्सिङ’ गर्ने निर्णय गरेको छ ।

जापानमा कोभिड-१९ को सातौँं लहर

काठमाडौँ- जापानले कोभिड १९ को सातौँं लहरले देशव्यापी प्रभाव पारेको बिहीबार जनाएको छ । कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो । पछिल्लो २४ घण्टामा जापानमा एक लाख ८६ हजार २४६ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी टोकियोमा सङ्क्रमणहरू अहिलेसम्मकै सबैभन्दा बढी देखिएको छ […]

कोभिड - १९ को दुई वर्षपछि विश्व चलायमान

रुस र युक्रेनबीचको युद्धको समयमा विश्वले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडेको विषयलाई बिर्सिएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेको पनि २ वर्ष बितिसकेको छ ।कोभिड - १९ २ वर्षदेखि रहिरहेको छ । यो एउटा भूकम्पीय जस्तै प्रलयकारी घटना हो, जसले लाखौ मानिसलाई प्रभावित बनाएको छ । कोभिडले आफन्त गुमाएकाहरुको टाउको दुखाइको विषय भएको छ । यस्तै महामारीका कारण भएको लकडाउनले पूर्णरुपमा व्यवसायबाट विस्थापित भएका साना ठूला व्यवसाय चिन्तित भएका छन् ।यसले जीवन यापनलाई पनि अस्तव्यस्त

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड-१९ संक्रमण

अष्टेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ। उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताए। उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताएको कुरा उनको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ।

फ्रान्समा भेटियो कोभिड-१९ को नयाँ भेरियन्ट

फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् । मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा नयाँ भेरियन्टको नाम समेत आईएचयू वा 'बी. १६४०.२' राखिएको छ ।

के कोभिड-१९  भाइरस लामखुट्टेको टोकाइले सर्छ?

कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्दैन। हालसम्म लामखुट्टेको टोकाइले कोभिड-१९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन।

यस्तो छ कोभिड-१९ सम्बन्धी अध्यादेश

काठमाडौँ । सरकारले कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि तत्काल कानुनी व्यवस्था गर्न आवश्यक भएको भन्दै अध्यादेश जारी गरेको हो । […]

कोभिड–१९ लाई सामना गर्ने बजेट ल्याउछौं : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को सामना गर्नेगरी बजेट ल्याउने बताएका छन्। पदभार सम्हालेपछि कुराकानी गर्दै उनले भने, “कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट ल्याउँछौं।” कोभिड–१९ लाई रोकथाम गर्न सम्पूर्ण शक्ति, स्रोत र सामथ्र्य परिचालन गर्ने उनको भनाइ छ।

कोभिड–१९ लाई सामना गर्ने बजेट ल्याउछौं : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को सामना गर्नेगरी बजेट ल्याउने बताएका छन्। पदभार सम्हालेपछि कुराकानी गर्दै उनले भने, “कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट ल्याउँछौं।” कोभिड–१९ लाई रोकथाम गर्न सम्पूर्ण शक्ति, स्रोत र सामथ्र्य परिचालन गर्ने उनको भनाइ छ।

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ