लोकतान्त्रिक समाजवादी पार्टी नेपाल त्यागेर एमालेमा प्रवेश गरेका राजेशमान सिंह जनता समाजवादी पार्टी नेपालमा फर्किने भएका छन् । जसपा विभाजन हुँदा लोसपामा बसेका राजेशमान मधेशवादी दलका शीर्ष नेताहरुले मधेश मुद्दासँग सौदावाजी गरेको कारण आफू एमालेमा प्रवेश गरेको बताएका थिए । उनी एमालेमा प्रवेश गरेको एक महिनापछि मधेश केन्द्रीत दल जसपामा प्रवेश गर्न लागेको नेता प्रदीप यादवले बताए । उनले भने, ‘राजेशमानसँग कुराकानी भइसकेको छ, पार्टी प्रवेश कहिले गर्ने त्यसको बारेमा आज टुगों लाग्नेछ ।’ जसप