आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै धनगढी उप–महानगरपालिकामा सत्तारुढ दलहरूबीच तालमेलका लागि तयारी सुरू भएको छ । सुदूरपश्चिम प्रदेशकै एक मात्र उप महानगरपालिका धनगढीमा मेयर र उपमेयर कांग्रेसलाई दिने र अन्य पद बाँडफाँड गर्ने गरी तालमेलका लागि छलफल भएको हो । तालमेलमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सामेल हुने गरी छन् ।स्थानीय नेताहरूका अनुसार तालमेलका लागि दुई चरणमा छलफल समेत भइसकेको छ । छलफलमा काँग्रेसले नगर प्रमुख र उप प्रमुखसँगै बह