गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किबी खेती

१५ पुस, गुल्मी । गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रेसुङगा र धुर्कोटमा गरी ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसानहरु यसतर्फ आर्कषित भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।प्रति केजी २ सय […]

सम्बन्धित सामग्री

इन्जिनियरको किबी खेती

प्रतिकेजी ३०० देखि ५०० रूपैयाँ सम्ममा किबी बिक्री गरेका कँडेलले पहिलो वर्ष किबीबाट एक लाख आम्दानी गरेका छन्।...

इन्जिनियरको किबी खेती

गलकोट, ५ मङ्सिर । पेसाले जलविद्युतका इन्जिनियर हुन् गलुङको बिहुँका खिमानन्द कँडेल । उनले कोरोनाकालमा गाउँ फर्केर लगाएको किबीले यो वर्षदेखि उत्पादन दिन थाल्यो । चितवन र काठमाडौँको बजारमा पनि किबी पुगेको छ । प्रतिकेजी ३०० देखि ५००मा किबी बिक्री गरेका कँडेलले पहिलो वर्ष नै किबीबाट एक लाख भित्र्याए । गाउँमा बस्दा फुर्सदिलो भएपछि २०७७ […]

गुल्मीका विभिन्न स्थानमा किबी खेती

गुल्मीको भार्सेमा पहिलेदेखि नै किबी खेती हुने गरेको थियो । पछिल्लो समय यस जिल्लाको विभिन्न स्थानमा किबी खेती हुने गरेको छ । हाल उत्पादन भएको किबी फल महँगोमा बिक्री भएपछि कृषकहरू यसको व्यावसायिक रूपमा खेती गर्न लागिपरेका छन् ।

गुल्मीमा किबी खेती बिस्तार हुँदै

९ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा किबी खेती विस्तार हुँदै गएको छ । व्यवसायिक खेतीको नयाँ विकल्पको रुपमा यहाँका किसानले किबी खेतीलाई रोज्न थालेका छन् । जिल्लाको भार्से गाउँमा यसअघि नै किबी खेती हुने गर्थ्यो । तर, पछिल्लो समय भने जिल्लाका धेरै स्थानमा किबी खेती हुन थालेको छ । कालीगण्डकी, चन्द्रकोट, सत्यवत, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत […]

तेह्रथुमका किसान किबी खेती तर्फ आकर्षित

तेह्रथुम । तेह्रथुमका किसानहरुले किबी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । नगदेबालीको स्याहार सुसार र संरक्षणमा नयाँ प्रविधि भित्रिएसँगै उनीहरु किबी खेतीमा लागेका हुन् । तेह्रथुम लालीगुराँस नगरपालिका सोल्माका देवी पोखरेलले सुरु गरेको किबी खेतीबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ । इलामबाट दुई सय किबीको बिरुवा ल्याएर धानखेती मासेर किबी खेती गर्नुभएका पोखरेलको बगैंचामा […]

बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै

काठमाडौँ,७ भदौ । बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किबी लगाएका छन् । पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उनी बताउछन् । मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव छ […]

बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै

गलकोट । बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किबी लगाएका छन् । पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उनी बताउछन् । मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव छ ।’पहिला […]

किबी खेतीबाट वार्षिक २० लाख बढी आम्दानी

सिन्धुलीमा व्यवसायीक रुपमा किबी खेती विस्तार हुँदै गएको छ। किबी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरु किबी खेती तर्फ लागेका हुन्।...

विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन विद्यालयमै किबी खेती

विद्यार्थीलाई किताबी ज्ञान दिएर मात्र उनीहरुको सीप विकास गर्न सकिन्न । यस मान्यताका आधारमा केही दशकअघिसम्म विद्यालयहरुमा विद्यार्थीलाई व्यवहारिक ज्ञान पनि दिइन्थ्यो । यसबीच बाग्लुङको एउटा सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई कृषिको व्यवहारिक अभ्यास गराइने गरेको छ । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी खेती गरिएको छ र कक्षा १० का विद्यार्थी कक्षाकोठासंगै किबी बारीमा पनि सक्रिय …

उपमेयर दम्पतीको किबी खेती मोह

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका देवीप्रसाद पोखरेलले किबी खेती सुरु गरेको ठ्याक्कै ७ वर्ष पुग्यो । उनले टेलिभिजनमा किबी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा यसको खेती सुरु गरेका हुन् । किबी खेती सुरु गरेपछि आम्दानीभन्दा पनि उत्पादन कसरी बढाउने भन्ने चिन्तामा रहन्थे, उनी । इलामबाट २ सय किबीका बिरुवा ल्याएर मकै, कोदो लगाइरहेको जमिनमा उनले किबी खेती सुरु गरेका थिए । नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएका कारणले लगानी माटोमै खेर जान्छ कि, राम्रो आम्दानी हुन्छ भन्ने ठेगान नभएको उनको भनाइ छ । पोख्रेलकी श्रीमती तिला पोख्रेल लालीगुराँस नगरपालिका उपप्रमुख हुन् । श्रीमान्ले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छन् । नागरिकको सेवामै व्यस्त हुँदै आएकी उनी फुर्सदको समय बगानमा श्रीमान्लाई सघाउँछिन् । परम्परागतभन्दा नयाँ खेती सुरु गरेका दम्पतीलाई नगदेबालीमा बढी आम्दानी लिन सकिन्छ भन्ने ढुक्क छ । ‘मैले खेती सुरु गर्दै गर्दा गाउँलेले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा केको सिन्का रोपेको पनि भने ?’ देवीले भने, ‘हौसला दिने बेला उल्टै हतोत्साहित बनाए । तर, म निरन्तर आफूले गरेको खेतीमा लागिरहेँ । जब किबीबाट आम्दानी दिन सुरु भयो, अहिले मेरो खेती देखेर लोभिन्छन् ।’ ०७१ सालमा खेती सुरु गरेका पोखरेल दम्पतीले बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन् । थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उनीहरु आफ्नो खेतीबाट दंग छन् । देवी थप्छन्, ‘खेती सुरु गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो । चार वर्षमा बजारमा पुर्‍याउन सफल भइयो । अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ । ग्राहक मागअनुसार उत्पादन गर्न सकेको छैन । बगानलाई अझ विस्तार गर्दै जाने सोचमा छौं । अन्नबाली लगाउँदा बढीमा आठ/दस हजारको उत्पादन हुन्थ्यो तर किबी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी हुँदै आएको छ ।’ देवीले अहिले जिल्लाकै उत्कृष्ट किसानको रूपमा परिचय बनाइसकेका छन् ।  बगानबाट वार्षिक दुई हजार किलोग्राम किबी उत्पादन हुँदै आएको छ । व्यावसायिक रूपमा उत्पादनमा जुट्दै आएका पोखरेलले बर्सेनि कृषि ज्ञान केन्द्र धनकुटामा कार्यक्रम प्रस्ताव लगे पनि कुनै सहयोग नपाएको गुनासो गरे । पोखरेल किबी किसान मात्र नभई प्रशिक्षकको रूपमा स्थापित भइसकेका छन् । यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किबी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसान उनको बगान आउने गरेका छन् । खेतीसँगै नर्सरीमा बिरुवा उत्पादन गरी बिक्री सुरु गरेका छन् । उनले रेड र ग्रीन जातका किबी खेती गर्दै आएका छन् । सुरुमा एक्लै खेती गरेका पोखरेलको सिको गरेर अहिले गाउँमा धेरैजसो किसानले किबी खेती थालेका छन् । पोखरेलको बगानमा उत्पादन भएको किबी राजधानी काठमाडौंलगायत पूर्वका विभिन्न जिल्लामा बिक्री हुँदै आएको छ ।  उत्पादित किबी प्रतिकिलो १ सयदेखि ३ सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीलाई छाड्दै किसान नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय नेपालको पहाडी जंगलमा पाइने ठेकी फल हो, किबी । जापानको रैथाने मानिने यो गुणकारी फललाई ‘किबी’ चराले चीन, नेपाल र न्युजिल्यान्ड पुर्‍याएको मानिन्छ । किबीको सबैभन्दा ठूलो व्यावसायिक खेती पनि न्युजिल्यान्डमै रहेको बताइन्छ । न्युजिल्यान्डबाट भारतमा मात्रै वार्षिक २ अर्ब डलरको किबी आयात हुने गरेको तथ्यांक छ । किबी पहिलो पटक नेपालमा अमेरिकी वैज्ञानिक नेथानियल वालिचले सन् १८२१ मा पत्ता लगाएका थिए । तर, कतिपयले किबीलाई जापानी रैथाने फल भन्ने गरेका छन् । चीनको याङत्जे उपत्यका किबीको पितृभूमि रहेको विश्वास छ । यो ठूलो झाङ हुने लहरा प्रजातिको काठयुक्त काण्डसहितको पतझड बिरुवा हो । नेपालको पहाडी जंगलमा पाइने ठेकी फल नै किबी हो । सन् १९६० पछि अमेरिकाको क्यालिफोर्नियामा किवीको व्यवसायिक खेती सुरु भएको र सन् १९७४ देखि किबीले अन्तर्राष्ट्रिय पहिचान पाएको बताइन्छ । उपयोग तथा औषधीय गुण फलको राजा किबीलाई यार्सा र ग्यानोडार्मा च्याउजत्तिकै औषधीय गुणयुक्त मानिन्छ । किबीलाई शक्तिवर्द्धक र क्यान्सरको औषधी बनाउन प्रयोग गरिन्छ । किबीबाट रक्सी, ब्रान्डी, वाइन, जेली, वियर, जुस, जाम, कस्मेटिक सामग्री आदि बनाउन सकिन्छ ।