एउटै फलमा ८ स्वाद : रोग प्रतिरोधात्मक क्षमता बढाउने विदेशी फल ‘पेपिनो मेलन’

अहिले नेपालमा एक फल निकै चर्चामा छ ‘पेपिनो मेलन’ । जुन विदेशी फल भनेर चिनिन थालेको छ । रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउने विदेशी फल ‘पेपिनो मेलन’ नेपालमा लोकप्रिय हुँदै गएको छ । स्वास्थ्य सम्बन्धी व्यापक फाइदा बोकेको फल काठमाडौंको कौसी–कौसीमा पनि खेती गरेको पाइन्छ । कोभिड–१९ महामारीका कारण ‘पेपिनो मेलन’ फल सबैले खोज्दै खान थालेका छन । ‘पेपिनो मेलन’ अनौठो फलबारे धेरै कमलाई मात्र थाहा छ । यसको नेपाली नामकरण पनि भएको छैन । यसको ...

सम्बन्धित सामग्री

लसुन कति मात्रामा खाने ?

लसुन बिना भान्सा अधुरो मानिन्छ । तरकारीको स्वाद मात्रै होइन सुगन्ध बढाउन पनि लसुनको भूमिका हुन्छ । लसुन स्वास्थ्यका लागि गुणकारी हुन्छ । लसुनमा भिटामिन सी र भिटामिन के बढी पाइन्छ । त्यस्तै सेलेनियम, जिंक, पोटासिम, फोलेट, एलिसियम जस्ता मिनरल्सयुक्त पोषक पदार्थ लसुनमा भरपुर हुन्छ । लसुनका फाइदा लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रक्रिया बलियो […]

आम्दानीको स्रोत बन्दै कुरिलो खेती, गाउँमा भन्दा शहरी क्षेत्रमा बढी माग

नवलपरासी । बर्दघाट–सुस्तापूर्वको मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करीढ डेड बिघा जम्पनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए ।अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि यसतर्फ आकर्षित भएको मोक्तानले बताए । पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागि परेको उनले बताए । ‘कुरिलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडौंलगायत शहरी क्षेत्रमा बढी रहेको छ’, उनले भने । उनले आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्ने गरेका छन् ।यस फार्मबाट नौ जनाले रोजगारी पाएका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिंदै यसको बजारीकरणमा लागेको मोक्तानले बताए। भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्व बुझाउँदै स्थानीय क्षेत्रमा नै बजारीकरण गर्दै अहिले अन्य मानिसलाई रोजगारी समेत दिन सफल भएको उनले बताए ।शुरुमा थोरै जमिनमा कुरिलो रोप्नु भएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागेको बताए ।‘बिरुवा रोपेको चार/ पाँच महीनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुन्छ’, उनले भने । अहिले बारीबाट नै प्रतिकेजी ४०० रुपैयाँका दरले विक्री हुँदै आएको छ । कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठोसँगै फाइदा पनि उत्तिकै छ । कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको माग बढ्दै गएको छ । रासस