तरुण दल डडेल्धुराद्वारा प्रधानमन्त्री र अख्तियार प्रमुख आयुक्तको पुत्ला दहन

ललिता निवास जग्गा प्रकरणमा आफ्ना पार्टी नेता विजयकुमार गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै नेपाल तरुण दल डडेल्धुराले प्रदर्शन गर्दै प्रधानमन्त्री केपि शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेको पुत्ला दहन गरेको छ। नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले भ्रष्टाचारका विरुद्ध आईतबार देशै भर आयोजना गरेको प्रदर्शनका कार्यक्रम अन्तरगत अख्तियारले निष्पक्ष रुपमा छानबिन नगरेको भन्दै प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको पुत्ला दहन गरेको हो।