‘दलहरूले स्वास्थ्य भनेकै अस्पताल बनाउनु भन्ने बुझेका छन्’

हरेक पालिकास्तरको अस्पतालले सामान्य रोगको उपचार दिन हो । त्यहाँ, विशेषज्ञ सेवा हुनैसक्दैन । ‘मेडिकल अफिसर’ बस्ने ठाउँमा जटिल स्वास्थ्य सेवा दिन्छु भन्नु बेकारको कुरा हो । दलहरूले स्वास्थ्य भनेकै अस्पताल भवन हो भनेर बुझेका छन् ।

सम्बन्धित सामग्री

जयशंकर साहको मृत्युले झन् चर्कियाे बरहथवाको आन्दोलन

बरहथवा नगरपालिका ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउनु पर्ने माग राख्दै केही दिनदेखि भइरहेको आन्दोलनमा प्रहरीको गोलीबाट स्थानीय युवकको मृत्यु भएपछि आन्दोलन झन् चर्किएको हो।

विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ : मन्त्री बस्नेत

सुदूरपश्चिम – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने जनताको चाहना पूरा गर्न पहिले सबै मिलेर अस्पताललाई बलियो बनाउनु पर्ने बताए । […]

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकलाई २६ अस्पतालमा निःशुल्क उपचार

योगदानमा आधारित सामाजिक सुरक्षा कोष योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निःशुल्क उपचार गर्न पाउनेभएका छन् । सोमवार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गरेका हुन् । कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका २६ अस्पतामा कोषको परिचयपत्र देखाएर निःशुल्क रुपमा उपचार गर्न सकिने व्यवस्था गरेको हो । स्वचालित विद्युतीय प्रणाली सेवाको सुभारम्भ गरेसँगै कोषमा आवद्ध श्रमिकले  निःशुल्क रुपमा तोकिएका अस्पतालहरुमा उपचार गराउन पाउने छन् । स्वचालित विद्युतीय प्रणालीको शुभारम्भ गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित बनाउने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुको लागि यो सेवा थप बिस्तार गर्दै लगिने बताए । उनले श्रमिक वर्ग अहिले पनि सबैबाट पीडित रहेकाले सुरक्षा कोषको यो स्वास्थ्य सेवाले उनीहरुलाई सहज बनाउने दाबी गरे। मन्त्री कुँवरले काठमाडौं उपत्यका मात्रै नभएर देशका दूरदराजमा रहेका श्रमिकलाई समेत यो सेवा पु¥याउने योजना बनाउनुपर्ने बताए । उनले नयाँ प्रविधिको विकास तीब्र गतिमा बढ्दै जाँदा प्रविधिको प्रयोगमार्फत सेवा लिन सबै मानिस आतुर रहेकाले कोषले त्यसतर्फ ध्यान दिएर काम गर्न लागेको बताए। मन्त्री कुँवरले कोषलाई व्यवस्थित श्रमिकको हीतमा काम गरेर सामाजिक सुरक्षा कोष श्रमिकहरुको लागि नै हो भन्ने बनाउनु आवश्यक रहेको बताए । उनले सबै श्रमिक वर्गलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै लगिने बताए। उनले भने,‘ श्रमिकहरुले आफ्नो स्वास्थ्य उपचार गर्नको लागि अस्पतालहरुमा लाइन लागेर उपचार गर्न बाध्य छन् । उनीहरुको स्वास्थ्यमा समस्या हुँदा लाइनमा बस्दा झन् समस्या बढ्न सक्छ । तर सामाजिक सुरक्षा कोषले शुरुवात गरेको अनलाइन प्रणालीले त्यस्ता श्रमिकहरुलाई सहज हुनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुले स्वास्थ्य उपचार गरे बापत अस्पताललाई भुक्तानी दिनुपर्ने रकम अस्पातलले अनलाइन माध्यमबाट गर्नेसक्ने भएको छ । डिजिटल प्रविधिको तीब्र विकास भइरहेको छ । मानिसहरु डिजिटल प्रविधि प्रयोग गर्न आतुर हुनुहुन्छ । हामीले शुरु गरेको प्रणालीबाट योगदानमा आधारित सहभागी श्रमिकहरुले लाभ लिनुहुनेछ । केही स्थानमा मात्रै शुरु भएको अझै दूरजराजमा अफठ्यारो छ ।  अब यो सेवालाई सामाजिक सुरक्षा कोषले दायरा बढाउने,धेरै श्रमिकहरुलाई सुरक्षा कोषमा आवद्धता बढाउने र दूरदराजमा समेत यो सेवा पु¥याएर त्यहाँका श्रमिकहरुल पनि यो सेवा पाउने बनाउनुपर्छ । यो कुरामा सबै एक भएर लाग्नुपर्ने आवश्यकता छ । कोषलाई व्यवस्थित कसरी गर्ने,श्रमिकको हीतमा कसरी काम गर्ने,श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष हाम्रो र हाम्रो लागि हो भनेर अनुभुति गराएर सबै श्रमिकहरुलाई आवद्ध गराउने काम गर्दै जाने छौं । सामाजिक सेवा कोषको बिस्तार गरी सेवा दिने कार्यालयहरु नेपालभर कसरी पु¥याउने र सबै ठाउँबाट काठमाडौं नै आउनुपर्ने कुराको अन्त्य कसरी गर्ने भन्ने सोच्न जरुरी छ ।’ कोषले परीक्षणकालमा योगदान कर्ताले औषधि उपचार गराएकै दिन सम्बन्धित अस्पताललाई ८० प्रतिशत रकम जम्मा गर्न थालिसकेको बताएको छ । यसअघि स्वचालित विद्युतीय प्रणाली शुरुवात नभएको हुँदा योगदानमा आधारित कोषमा आवद्ध श्रमिकहरुले औषधि–उपचारबापतको रकम भुक्तानी लिन कोषमा नै दाबी गर्नुपर्ने थियो । तर अब अस्पतालमा सुरक्षा कोषको कार्ड देखाएर निःशुल्क उपचार गर्न सक्नेछन् । अस्पतालले श्रमिकको सम्पूर्ण जानकारी अनलाइनमार्फत लिएर कोषलाई जानकारी गराए पश्चात अस्पताललाई अनलाइनमार्फत नै भुक्तानी दिनेछ । अस्पतालसँग विभिन्न चरणमा छलफल गरेर अनलाइन प्रणाली शुरू गरिएकाले कार्यान्वयनमा समस्या नआउने कोषले जनाएको छ । कतिपय अस्पतालले एमओयू र अनलाइन प्रणाली एकैसाथ शुरू गर्नेगरी तयारी पनि भइरहेको छ । कोषको परिचयपत्र देखाएर अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालमा वागमतीका ९ अस्पताल र प्रदेश १ का ८, मधेस प्रदेशका ५, लुम्बिनीका ३ र गण्डकीका १ अस्पताल रहेको कोषले बताएको छ । अनलाइन प्रणाली जडान भएका अस्पतालहरुमा मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रिय सामुदायिक अस्पताल, बीएण्ड सी हस्पीटल, मेची दृष्टि आई केयर अस्पताल एण्ड रिसर्च सेन्टर, मोरङका विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, नोवेल मेडिकल कलेज, हाम्रो अस्पताल, सुनसरीको पशुपति मोडेल हस्पिटल, सप्तरीको छिनमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेज, सर्लाहीको नमूना सामुदायिक अस्पताल, पर्साको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र वीरगञ्ज दृष्टि आई केयर सेन्टर रहेका छन् ।  यस्तै, चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, बाँकेको लर्ड बुद्ध एजुकेसनल फाउण्डेसन (नेपालगञ्ज मेडिकल कलेज), काभ्रेपलान्चोकको शिर मेमोरियल अस्पताल, काठमाडौंको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, अर्थाेपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र पाटन अस्पताल ललितपुरमा समेत अनलाइन प्रणाली जडान भएकाले योगदानमा आधारित समाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुले परिचयपत्र देखाएर निःशुल्क रुपमा उपचार गर्नसक्ने भएका छन् ।

शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरेको छ : पोखरेल

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले शिक्षकका लागि अस्पताल बनाउने काम उचित रहेको जानकारी दिए । ‘शिक्षकका लागि अस्पताल बनाउनु विषय राम्रो हो,’ उनले भने, […]

राष्ट्रिय एकता बलियो बनाउनु आजको आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । विपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्वोद्धन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि राष्ट्रिय एकता आवश्यक रहेको र यसको नेतृत्व कांग्रेसले गर्ने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले सबै नागरिलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि […]

‘कोशी अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाउनु पर्छ’

मोरङ– विभिन्न राजनीतिक दलका नेताहरुले कोशी अस्पतालको सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन्। विराटनगरमा मंगलबार आयोजित संवादका क्रममा राजनीतिक दलका नेताहरुले अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनु पर्नेमा जोड दिएका हुन्। दलका नेताहरुले अस्पताललाई प्रदेशकै नमूनाको रुपमा अघि बढाउनुपर्ने उल्लेख गरेका थिए। छलफलका क्रममा प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले विगतको अवस्थामा अस्पतालमा […]

सल्यानमा शिलान्यास गरिएका ८ ओटा अस्पताल निर्माणमा बेवास्ता

सल्यान २६, भदौं । सल्यानमा गत मसिंर १५ गते शिलान्यास गरिएका अस्पताल निर्माणको काम अझै शुरु हुन सकेको छैन । जग्गा व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिनानै हतारमा अस्पताल भवनको शिलान्यास गरिए पनि अहिलेसम्म भवन निर्माणको काम शुरु हुन सकेको छैन ।  जिल्लाका दुई ओटा नगरपालिका र ६ ओटा गाउँपालिकामा अस्पताल निर्माणको लागि संघिय सरकारबाट बजेट प्राप्त भयो । तर पर्याप्त जग्गा नहुँदा नहुँदै पनि जिल्लाका ६ ओटा स्थानीय तहले हतार हतारमा भवन निर्माणको लागि शिलान्यास गरे । बाँकी दुइ ओटा स्थानीय तहले भने भवन निर्माणका लागि आवश्यक झण्डै ९ रोपनी जग्गा नभएको भन्दै शिलान्यास गर्न पाएनन् ।  २ वर्ष भित्रमा नै भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले शिलान्यास गरेका भवनको अहिलेसम्म निर्माण कार्य शुरु नहुँदा स्थानीय निरास बनेका छन् ।  संरचना बनाउनु अघि जग्गा व्यवस्थापन सहित डीपीआर लगायतका पूर्वतयारी नगरिँदा शिलान्यास भएको लामो समयसम्म पनि भवन निर्माणको काम शुरु हुन सकेको छैन ।   शिलान्यास गरिएको झण्डै १० महीना भएको छ । यो अवधिसम्म केही पालिकाले टेण्डर गरेर सम्झौता गरेका छन् भने केहीले टेण्डर प्रक्रिया नै शुरू गरेका छैनन् । निर्माण गर्ने भनिएका आधारभूत अस्पताल पाँचदेखि १५ शय्या सम्मका हुन् ।  जिल्लाको बागचौर नगरपालिकामा निर्माण गर्ने भनिएको आधारभूत अस्पतालको लागि अहिलेसम्म जग्गा व्यवस्थापन हुन सकेको छैन । १५ शय्याको अस्पताल हुनु पर्नेमा १० शय्याको मात्रै भएकाले तत्कालिन अवस्थामा शिलान्यास हुन सकेन ।  तर अहिले जग्गा व्यवस्थान हुन नसक्दा समस्या भएको स्वास्थ्य शाखा प्रमुख हरि बहादुर कठायतले बताए । उनले प्राथामिक स्वास्थ्य केन्द्र थारमारे भएको स्थानमा आवश्यक जग्गा नहुँदा समस्या भएको बताए ।  छत्रेश्वरी गाउँपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा, कपुरकोट गाउँपालिकाको धनवाङ स्वास्थ्य चौकी, कालिमाटी गाउँपालिकाको कालिमाटी रामपुर स्वास्थ्य चौकी, बन्गाड कुपिण्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकी, कुमाख गाउँपालिकाको कालागाउँ आधारभूत स्वास्थ्य केन्द्र र दार्मा गाउँपालिकाको भल्चौर स्वास्थ्य केन्द्रमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य छ । यस्तै, बागचौर नगरपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र थारमारे र सिद्धकुमाख गाउँपालिकाको कालालेख स्वास्थ्य चौकीमा अस्पताल निर्माण गर्ने लक्ष्य छ । शिलान्यास गरिएको देवस्थल स्वास्थ्यचौकीमा पर्याप्त जग्गा नभएपछि अर्को स्थान सल्लीवजार नजिकैँ जग्गा खरीद गरिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेब पोख्रेलले जानकारी दिए । उनले नगरसभा भएपछि टेण्डर लगाएतका कार्य अगाडी बढ्ने जानकारी दिए ।  दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले आधारभूत अस्पताल निर्माणको काम थालनी गर्ने तयारीमा रहेको बताए । स्थानीयले अस्पतालको लागि जग्गादान गरेपछि सहज भएको उनको भनाइ छ । उनले टेण्डर लगाएतका सबै काम सम्पन्न भएको र बर्षात कम भएपछि कामको थालनी गरिने जानकारी दिए । जिल्लाका ८ ओटा आधारभूत अस्पताल निर्माणका लागि जम्मा नौ करोड ७८ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

बेडको अभाव भएमा अस्थायी अस्पताल बनाउनु : सर्वोच्च

सर्वोच्च अदालतले अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेडको अभाव भएमा अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा दिन मुख्यमन्त्री पोखरेलको आग्रह

बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताएका छन् । प्रदेश नम्बर ५ मा आजदेखि शुरु भएको ‘स्वास्थ्यप्रति जिम्मेवार, ...