तीन महिनामा फाइजरले कमायो साढे तीन अर्ब डलर

एजेन्सी। औषधि कम्पनी फाइजरले यो वर्षको पहिलो तीन महिना(जनवरी–मार्च)मा साढे तीन अर्ब डलर कमाएको छ। कोरोनाविरुद्धको भ्याक्सिनले यो कमाइमा ठूलो हिस्सा ओगटेको कम्पनीले मंगलबार बताएको हो। फाइजरले भ्याक्सिनबाट आएको नाफाबारे भने केही बताएको छैन। तर, कुल नाफाको २० प्रतिशत भ्याक्सिनबाट हुने अनुमान कम्पनीले गरेको छ। भ्याक्सिन बनाउने अधिकांश कम्पनीले गत वर्ष नै नाफामा ध्यान नदिने बताएका थिए।