कांग्रेस निर्वाचन परिचालन समितिले सात प्रदेश सभापतिहरूसँग छलफल गर्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको समितिको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।...