च्याम्पियन्स लिगको ड्र पुनः गरिने

च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र पुनः गरिने भएको छ । प्राविधिक कारणले कुन टोलीले कुनसँग खेल्न मिल्छ भन्ने विषयमा गल्ती भएको बताउँदै युरोपेली फुटबलको नियामक निकायले यसअघिको ड्रलाई रद्द गर्दै पुनः ड्र गर्न लागेको हो ।यसअघिको ड्रमा दुई सुपरस्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः आमले सामने हुने भएका थिए । सोमबार सार्वजनिक गरिएको ड्रमा पेरिस सेन्ट जर्मेनको सामना म्यानचेस्टर युनाइटेडसँग हुने तय भएको थियो ।अन्तिम १६ को पहिलो लेग १५, १६, २२ र २३ फेब्रुअरीमा खेलिनेछ । दोस्रो लेग ८,९, १