वैशाख ४, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डबाट वैशाख ४ गते अनुमति पाएको हो । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्कासन गर्नका लागि स्वीकृति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा मात्र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
साथै कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाएको कम्पनीहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ । यस्ता कम्पनीहरुमा उच्च के्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनिय सम्बन्धी राय मात्र हो । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जानकारी दिएको छ ।