टी–२० विश्वकप : अफगानिस्तानलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा, भारत बाहिरियो

अफगानिस्तानमाथि ८ विकेटको सहज जित हात पार्दै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । यससँगै भारत एक खेल बाँकी छँदै बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कनवेले ३६, मार्टिन गप्टिलले २८ र डार्यल मिचेलले १७ रन जोडे ।