हिमाल सफाइ अभियानमा युनिलिभरको सहकार्य

काठमाडौं । युनिलिभरले ‘हिमाल सरसफाइ अभियान २०२३’मा नेपाली सेनासँग सहकार्य गरेको छ । यसलाई कम्पनीले ‘विश्वलाई दिगो साझा वासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशको रूपमा लिएको छ । सफा हिमाल अभियानमा कम्पनीको अहिलेको सहकार्य तेस्रोपटक हो । हिमालको संरक्षण तथा सरसफाइ गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको कम्पनीले बताएको छ । यस वर्षको अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुणत्से हिमालको सफाइ गर्दैै ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ । युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्ट्याउने, सञ्चित फोहोरको पुन: प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौं ।’  

सम्बन्धित सामग्री

युनिलिभर नेपालद्वारा नेपाली सेनासँगको सहकार्यमा धौलागिरि हिमालको फोहोर संकलन

युनिलिभर नेपालले ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा यो सहकार्य भएको कम्पनीले जनाएको छ । फोहोरमुक्त विश्वका लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ। ‘जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुहरूको असमायिक मृत्युको कारक बनिरहेको छ, त्यसले हिमालहरूको सुन्दरतालाई नष्ट […]