काँग्रेस वीरगंज महानगर सभापतिमा नेपाली निर्वाचित

पर्साको वीरगंज महानगरपालिकामा नेपाली काँग्रेस महानगर कार्य समितिको सभापतिमा मणिन्द्रलाल नेपाली विजयी भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विरगंज महानगर कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मत परिणाम आइतबार सार्वजनिक भएको हो ।सार्वजनिक मत परिणाम अनुसार सभापतिमा नेपालीले  २५७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राधेश्याम चौरसियाले २२१ मत ल्याएका छन् । त्यस्तै अर्का प्रतिद्वन्द्वी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले भने ३२ मत मात्र

सम्बन्धित सामग्री

माईराम पोखरीको अतिक्रमण खाली गराउन वीरगंज महानगरले चलायो डोजर

वीरगंज : वीरगंज महानगरपालिकाले चिल्ड्रेन पार्क (पुरानो माईराम पोखरी)को अतिक्रमित जग्गा खाली गराउन अभियान सुरू गरेको छ। नगरप्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि चिल्ड्रेन पार्कको अतिक्रमित जग्गा खाली गराउन दोस्रोपटक अभियान सुरू भएको हो। हिजोबाट सुरु भएको अभियान आज पनि जारी छ। कात्तिक २१ गते महानगरले सो अभियान प्रारम्भ गरेको थियो।…

वीरगंज महानगरमा राजेशमानको १०० दिनः सिंहले भने, ‘बालेनले मेरो सिको गरे’

वीरगंजः वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो सिको गरेको बताएका छन्। निर्वाचित भएको सय दिनको उपलब्धि सार्वजनिक गर्दै सिंहले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘काठमाडौंका प्रमुखजस्तै मैले यहाँ गर्नुपर्दैन। हामी अर्काको नक्कल गर्दैनौं। बरु बालेनले मेरो नक्कल गरिरहेका छन्। सुरुमै मैले वीरगंजको…

वीरगंज घण्टाघरको सडक बल्ल भयो कालोपत्रे

वीरगंज : वीरगंजको मुटु मानिने घण्टाघर क्षेत्रको सडक करिब एक वर्षपछि कालोपत्रे भएको छ। वीरगंज महानगरको करिब १६ लाखको बजेटमा एक सय २० मिटर लम्बाईको सडक कालोपत्रे गरिएको हो। महानगरको मेयरमा निर्वाचित भएसँगै राजेशमान सिंहले सडक कालोपत्रे गर्ने प्रतिवद्धता गरेका थिए। संघ सरकारको सडक विभागको स्वामित्वमा पर्ने करिब २५ मिटर…

वीरगंजको नगर कार्यपालिकामा कांग्रेस-जसपा गठबन्धनको प्यानल विजयी

वीरगंज : वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को प्यानल विजयी भएको छ। गठबन्धन दलका यी पार्टीबिचको पूर्व सहमति अनुसार शुक्रवार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा जसपा र कांग्रेसका ४/४ जना सदस्यहरु निर्वाचित भएका हुन्। ३२ वडा रहेको वीरगंज महानगरमा कुल १६२ जनप्रतिनिधि रहेका छन्। जसमा दलित…

पर्साको जिराभवानीमा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसका उम्मेदवार निर्वाचित

वीरगंज : पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अनोज चौधरी निर्वाचित भएका छन्। नेकपा एमालेका निवर्तमान अध्यक्ष रामप्रित महतोलाई १ हजार २ सय ६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन्। चौधरीले ४ हजार ५ सय ६० मत पाएका छन् भने महतोले ३ हजार २ सय ९९ मत…

वीरगंज वडा १ मा जसपाको 'क्लिन स्विप'

वीरगंज : वीरगंज महानगरको वडा नं १ छपकैयामा जसपाले वडा अध्यक्ष र सदस्यहरुमा 'क्लिन स्विप' गरेको छ। जसपाका मनोज राउत कुर्मी वडा अध्यक्षमा निर्वाचित भएका छन्। काँग्रेसका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश गुप्ताको ७३३ मत पाउँदा कुर्मीले ८ सय ५२ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएको वीरगंज महानगरका मुख्य मतदान अधिकृत…

कांग्रेसको वीरगंज नगर सभापतिमा मणिन्द्रलाल श्रेष्ठ विजयी

वीरगंज : नेपाली कांग्रेस वीरगंज महानगर समितिको सभापतिमा मणिन्द्रलाल श्रेष्ठ (नेपाली) विजयी भएका छन्। श्रेष्ठ २५७ मत ल्याउँदै सभापति पदमा निर्वाचित भएका हुन्।  सभापति पदका निकटतम प्रतिद्वण्द्वी राधेश्याम चौरसियाले २२१ मत ल्याए। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सामा भएको गाउँ/नगर अधिवेशन अन्तर्गत फागुन १४ गते विहान ११ बजेदेखि साँझ…