पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

 पोखरा । पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा परेर ५ जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।  दुर्लुङमा पहिरो जाँदा ५ जना पुरिएकामा २ जना मृत अवस्थामा फेला परेका छन् भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएको घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११