गंगामायाको जीवन रक्षा गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै, अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न तथा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीमध्येका एक रुद्र्रप्रसाद आचार्य नेपाल बाहिर रहेको भन्ने सरकारी कागजातबाट समेत देखिएको हुँदा उहाँ जहाँ भए पनि आवश्यक प्रक्रिया पूरा गरी निजलाई अदालतसमक्ष शीघ्र उपस्थित गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीउपर कारवाहीको माग राखी लामो समयदेखि अनशनरत अधिकारीको जीवन रक्षाका सम्बन्धमा आयोगको कार्यालयमा बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेकोसमेत प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । बैठकले अनशनरत गंगामायालाई आफ्नो जीवनप्रति संवेदनशील बन्दै न्यायको अनुभूतिसमेतका लागि आफ्नो अनशनलाई स्थगित गर्न अनुरोध गर्दै कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा भइरहेको न्याय सम्पादन प्रक्रियालाई शीघ्र निष्कर्षमा पु¥याउने कार्यमा सहयोगगर्न सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

नेपाली कांग्रेसकाे आग्रह: विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्नूहाेस्

काठमाडाैँ- नेपाली कांग्रेसले प्राकृतिक विपदबाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पुर्‍याउन पार्टी सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन गरेको […]

विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेसले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पुर्याउन पार्टी सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन गरेको छ। […]

कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । सिंहदरबारमा आज(शुक्रबार) बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता भएकाले जीवन रक्षा गर्नका लागि आवश्यक हरेक तयारीमा रहनुपर्ने बताए […]

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरूसँगको छलफलमा कोभिड–१९ को सङ्क्रमणले मृत्यु हुनु भएन भनेर सरकारले खोपलगायतका व्यवस्थालाई चुस्त बनाएको पनि स्पष्ट पारे । उनले पर्यटन व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन सरकारले पर्यटन व्यवसायीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको पनि स्मरण गराए । उनले भने, ‘कुनै प

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवन रक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सहज रुपम

नागरिकको जीवन रक्षा उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बसेको विशेष बैठकले सङ्क्रामक रोग ऐन २०२० का प्रावधानले मात्र अहिलेको महामारी रोक्न नसक्ने भएकाले आवश्यक तयारी गर्न मन्त्रालय र […]

नागरिकको जीवन रक्षा पहिलो प्राथमिकताः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा नागरिकको जीवन रक्षा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सडक निर्माण गर्दा प्राविधिक त्रुटि नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका छन्। आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका हुन्। जनताको जीवन रक्षा महत्वपूर्ण भएको सवारी साधन…

गङ्गामायाको जीवन रक्षा गर्न सरकारलाई निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गङ्गामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै, अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न तथा कृष्णप्रसाद अधिकारीको हत्याका आरो...