म्याग्दीमा बाढीपहिरोबाट ८३ घरमा क्षति, जोखिममा ७३ घर

म्याग्दी : यस वर्षको मनसुन सुरु भएयता म्याग्दीमा बाढी‚ पहिरो र कटानले ८३ घरमा पूर्ण क्षति पुगेको छ। थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुईजनाको मृत्यु र छजना घाइते भएका छन्। पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार र मृतक दुईजनाका परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको पौडेलले जानकारी दिए।पाँचजनासम्म सदस्य भएक

सम्बन्धित सामग्री

म्याग्दीमा बाढी पहिरोले ८५ घरमा क्षति

म्याग्दी । यस वर्षको मनसुन शुरू भएयता बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।      पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले ९ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई ३ लाख राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी संख्यामा सदस्य भएका परिवारलाई  २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताए । पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन् । अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगंगाको बेग, बेनीको सिंगा तातोपानी, मंगलाको अर्मन, मालिकाको रूम र धवलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । गतवर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ । रासस

पहिरोबाट म्याग्दीका ८३ घर भत्किए

म्याग्दी । म्याग्दीमा बाढी, पहिरो र कटानले ८३ घरमा क्षति पुगेको छ । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीका ८३ घर भत्किएका हुन् । थप १२ घरमा आंशिक क्षति पुगेको छ भने १ सय ४४ घर उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा […]