गठबन्धन तोडेर एमसीसी अगाडी बढाइए माओवादी सरकारबाट बाहिरिने

सत्तारुढ दलको सहमतीबिना एमसीसी परियोजना संसदबाट पारित भएमा गठबन्धन स्वत्ः तोडिने प्रमुख सचेतक गुरुङले बताए। गठबन्धन तोडेर एमसीसी अगाडी बढाइए माओवादी केन्द्र सरकारबाट बाहिरिने उनले बताए।...

सम्बन्धित सामग्री

खुमलटार बैठक : गठबन्धन जोगाउन अन्तिमसम्मै प्रयास गर्ने सहमति

काठमाडौं : एमसिसी र समसामयिक राजनीतिबारे निर्णय खुमलटारमा बसेको  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिएको छ। बैठकले गठबन्धन जोगाउन अन्तिमसम्मै प्रयास जारी राख्‍ने सहमति गरेको छ।खुमलटारमा भएको यस बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौताबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणा रहेको बताइएको छ।माओवादी संसदीय दलको बैठकले एमसीसी जबरजस्ती अनुमोदन गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। यद्यपि, माओवादी एमसीसी संसद्मा टेबल गर्न सहमत भएको थियो। माओवादी अ

माओवादी केन्द्रका नेता आकस्मिक छलफलमा, सरकारबाट बाहिरिने तयारीमा

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेताहरु आकस्मिक छलफलमा जुटेका छन्। अमेरिकी सहयोग परियोजना (एमसीसी)को कारण गठबन्धन टिक्ने अवस्था नरहेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रले एमसीसीको विषयमा फरक मत राख्दै आएको छ।

वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।

एमसीसीले तताएको ३० घण्टा : गठबन्धनको आयुको फैसला बिहीबार !

बितेको झण्डै ३० घण्टा एमसीसीका कारण नेपालको राजनीति तरंगित बन्न पुग्यो । एमसीसीमै अल्झेर सत्ता गठबन्धन टुट्ने कि रहिरहने भन्ने नै अनिश्चित बन्न पुग्यो । बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने अडानबाट प्रधानमन्त्री शेरबहादुर देउवा ‘ब्याक’ नभएको भए सरकारबाट माओवादी केन्द्र बुधबार नै बाहिरिने थियो । देउवाको लचकताका कारण विहीबार ३ बजेसम्मका लागि सत्ता गठबन्धनको आयु लम्बिएको छ ।   संसदमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री देउवाको मंगलबारदेखिको कसरत र सहमतिविना एमसीस

प्रधानमन्त्री देउवाद्धारा गठबन्धन बैठक आह्वान

न्युज अफ नेपाल,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । एमसीसी सम्झौता प्रस्ताव संसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार अपरान्ह ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् । सत्तासाझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो । उक्त […]

एमसीसीमा जबर्जस्ती भए सरकारबाट बाहिरिने माओवादी निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको छ । संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । “यथास्थितिमा पास गर्न सकिँदैन । जबर्जस्ती गरे विपक्षमा मतदान गर्छौँ,” उनले भने, “आफ्नो ढंगले अघि बढेमा गठबन्धन तोडिन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट...

एमसीसी जबरजस्ती अगाडि बढाए सरकारबाट बाहिरिने माओवादीको चेतावनी

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे प्रधानमन्त्री एकलौटी रुपमा अघि बढे नेकपा (माओवादी केन्द्र) गठबन्धन र सरकारबाट बाहिरिने बताएको छ ।  नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एकलौटी रूपमा एमसीसी अघि बढे गठबन्धन र सरकार छाड्ने बताए । ‘पाँच दलको सहमतिविना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयविना कुनै घटक आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ,’ बैठकपछि गुरुङले भने । उनले एमसीसी संसदमा लैजान ...