मण्डलामा ‘दमिनी भिर’

मण्डला थिएटरमा नाटक ‘दमिनी भिर’ मञ्चन सुरु भएको छ । इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा बनेको नाटक राजन मुकारुङको उपन्यास दमिनी भिरमा आधारित छ । यो उपन्यास मदन पुरस्कार २०६९ बाट पुरस्कृत भएको थियो । थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो । साहित्यकार मुकारुङको लेखनमा निर्माण गरिएको यो पाँचौँ नाटक हो । यसअघि उनको लेखनमा ‘घुम्रिएको कपाल’, ‘जोखाना’, ‘हेच्छाकुप्पा’ र ‘खुवालुङ’ मञ्चन गरिएको थियो ।