उपेन्द्र यादवका छोरा अमरेन्द्र विराटनगरमा उपमेयरको उम्मेदवार

काठमाडौं, १२ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएका छन् । जसपाको बैठकले अमरेन्द्रको नाममा निर्णय लिएको हो । अमरेन्द्र जसपा विराटनगर महानगरपालिकाको कार्यसमितिमा छन् । उनी केही वर्षयता राजनीतिक सक्रिय रहेका छन् । विराटनगरको मेयरमा नागेश कोइराला काँग्रेसबाट उम्मेदवार बन्ने निर्णय भइसकेको छ ।