सातामा ६९.३७ अंक घट्यो नेप्से परिसूचक, कारोबार रकम भने ७४ करोडले बढ्यो

चैत १९, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा रू. १३ अर्ब ४२ करोडभन्दा बढीको कारोबार भएको छ । उक्त रकम बराबरको २ करोड ६० लाख ६१ हजार ६१५ कित्ता धितोपत्र यो साता खरीदविक्री भएको हो । यो साता गत साताको तुलनामा रू. ७४ करोड ४२ लाखभन्दा बढीको १९ लाख ७० हजार ८५३ कित्ता बढी धितोपत्र कारोबार भएको हो । गत साता रू. १२ अर्ब ६८ करोडभन्दा बढीको २ करोड ४० लाख ९० हजार ७६२ कित्ता धितोपत्र कारोबार भएको थियो ।  कारोबार रकम बढेको यो साता नेप्से परिसूचक भने ६९ दशमलव ३७ अंकले घटेको छ । यो साता पाँच कारोबार दिनमा एक दिन मात्र बजार बढेको छ । साताको पहिलो कारोबार दिन ४१ दशमलव ४१ अंक, दोस्रो दिन ३० दशमलव ४३ अंक र तेस्रो दिन १४ दशमलव २६ अंकले घटेको बजार चौथो दिन भने ४० दशमलव ६८ अंकले बढेको थियो । पाँचौ दिन भने फेरी बजार २३ दशमलव ९५ अंकले घटेर बन्द भएको छ । गत साता २ हजार ६१३ दशमलव ६७ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २ हजार ५४४ दशमलव ३० विन्दुमा झरेको हो । यसै साता बीमा कम्पनीहरुको पूँजी वृद्धिको चर्चा चलेपनि यसले लगानीकर्ताहरुको मनोबल भने बढाउन सकेन । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजीको अभाव रहि रहेको अवस्थामा बजार सकारात्मक बन्न कठिन हुने जानकारहरु बताउँछन् । स्थानीयतहको निर्वाचनको खर्च वित्तीय प्रणालीमार्फत भए यसबाट धितोपत्र दोस्रो बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास लगानीकर्ताहरुको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ४७ अंक तल झरेको छ । गत साता ४८८ दशमलव ९४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४७५ दशमलव ४७ विन्दुमा झरेको हो । साताको कारोबारमा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य कुल बजार पूँजीकरण रू. ९३ अर्ब ३२ करोड ५३ लाखले घटेको छ । गत साता रू. ३७  खर्ब ५ अर्ब ५९ करोड ८८ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३६ खर्ब १२ अर्ब २७ करोड ३४ लाखमा झरेको हो ।   यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए  : यो साता सर्वाधिक गुमाउँनेमा वित्त समूहका लगानीकर्ता रहेका छन् । गत साताको तुलनामा यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरु घट्दा वित्त समूहको सर्वाधिक ५ दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै यो साता वाणिज्य समूहको २ दशमलव २३ प्रतिशत, विकास बैंक समूहको ४ दशमलव ४४ प्रतिशत, होटल्स तथा पर्यटन समूहको १ दशमलव ७७ प्रतिशत, जलविद्युत् समूहको ३ दशमलव २१ प्रतिशत, लगानी समूहको शून्य दशमलव ८९ प्रतिशतले परिसूचक घटेको छ ।  त्यस्तै जीवन बीमा समूहको ४ दशमलव २० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव शून्य ५ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ७६ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ८९ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ३५ प्रतिशत, अन्य समूहको ४ दशमलव ४८ प्रतिशत र ब्यापारिक समूहको ३ दशमलव ५५ प्रतिशतले परिसूचक घटेको छ ।

सम्बन्धित सामग्री

९.१८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ।बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो। पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ।बुधबार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि गिरावट आएको छ। अघिल्लो कारोबार

३९.१५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट भएको छ।बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंकले र सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेको छ। बुधवार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक

२.१३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले घटेको छ।बिहीबार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा झरेको हो। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स ०.५४ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ।बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ३४ लाख १ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने बढेको छ। बुधबार ८२ करोडभन्दा माथिको मात्रै कारोबार भएको थियो।बिहीबार १३ उपसमूहमध्ये ६ उपसम

२१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रह्यो । मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । […]

१९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्लो समय निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३  अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ।बिहीबार कोरोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधवार १ अर्ब ९३ करोड बराबरको शेयर कारो

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

२५ फागुन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबरा पनि दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ अंकमा झरेको झरेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बजार घट्ने क्रममा छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि कम देखिएको छ । कारोबार […]

सातामा ६९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार २८०१ अंकबाट सुरु भएको नेप्से बिहीबार २७३२ अंकमा आएर बन्द भएको हो ।साताभरमा २ प्रतिशतले घटेसँगै नेप्से परिसूचक पुनः २८ अंकबाट तल झरेको छ । परिसूचकसँगै यो साता नेप्सेको कारोबार रकम पनि घटेको छ । यो साताको पाँच कारोबार दिनमा कुल १८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।यो, गत साताको हप्ताभरि भएको कारोबार रकमभन्दा करिब ६ अर्ब रुपैयाँले कम हो । गत साताको पाँच कारोबार दिनमा नेप्सेमा २४ अर्ब रुपैयाँ

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, साढे ३ अर्ब पनि पुगेन कारोबार रकम

२६ माघ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो । बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन । सेयर कारोबार […]

झिनो अंकले घट्यो नेप्से परिसूचक, ३१२ करोडको कारोबार

१३ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८ दशमलव ९९ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । दिनभर भएका ४२ हजार ५८ कारोबारबाट २३० कम्पनीका ५८ लाख […]

साताभर नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा

२८ सय छोएर घट्यो नेप्से, दैनिक औसत कारोबार रकम ५ प्रतिशत बढ्यो  गत साताभरमा नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा आइपुगेको छ । गत साता पाँचै दिन...