सिमकोटको पोष्टमा रोङ गाउँपालिकाको ११ गोल

इलाम : उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिकाले ११–० गोल अन्तरले जितेको छ। रोङले समूह चरणको अन्तिम खेलमा हुम्लाको सिमकोट गाउँपालिकालाई पराजित गरेको हो।पहिलो हाफमा ५ गोल गरेको रोङले दोस्रो हाफमा ६ गोल थप्यो। रोङको जितमा इन्दिरा राईले ५ गोल र कप्तान अनिता राईले ३ गोल गरिन्। अनिशा राई, दीपा राई, विमला विकले समान १/१ गोल गरे।पहिलो हाफमा ह्याट्रिक गरेकी इन्दिराले दोस्रो हाफमा २ गोल गरिन्। कप्तान अनिताले दोस्रो हाफमा ह्याट्रिक गरिन्। खेलको ९ औँ मिनेटमा रोङले सुरुव

सम्बन्धित सामग्री

महिलालाई बोल्ने कला सिकाउँदै रोङ पालिका

फिक्कल,२८ मङ्सिर । इलामको रोङ गाउँपालिका ग्रामीण क्षेत्रका महिलालाई ‘बोल्ने कला’ सिकाउँदै छ । महिलाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले उनीहरूलाई अरूका अघि निर्धक्क भएर बोल्न सिकाउन थालिएको हो । श्रीयम मिडिया प्रालिको आयोजना तथा उक्त गाउँपालिकाको सहयोगमा वडानं १स्थित शान्तिपुरमा सञ्चालित महिलाका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको हो । तीनदिने […]

सिस्नो ब्राण्डिङ गर्दै रोङ गाउँपालिका

सिस्नो तरकारीका रूपमा प्रयोग गरिन्छ । यसको सुप खाने गरिन्छ । कच्चा पदार्थ सिस्नोलाई प्याक गरेर बिक्री गर्न इलामकोे रोङ गाउँपालिका जुटेको छ । गुन्द्रुकको ब्राण्डिङ गरी बजार पठाउन सफल भएको गाउँपालिका पछिल्लो समय सिस्नोको ब्राण्डिङ गर्न जुटेको हो । बहुउपयोगी मानिएको सिस्नो खोलाखोल्सामा पाइन्छ । यसलाई ब्राण्डिङ गर्न सके गाउँपालिकाको आम्दानी बढ्ने र किसानसमेत […]

सडक सुविधाको फाइदा, उज्यालो नहुँदै सहर पुग्छ गाउँको तरकारी

इलाम : गाउँगाउँमा सडक विस्तार भएसँगै किसानहरूलाई आफ्नो उत्पादन बिक्री वितरण गर्न सहज भएको छ।इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका लगायतका किसानहरुले आफूले उत्पादन गरेको तरकारी झापाका बजारहरुमा राम्रो मूल्यमा बिक्री गर्दै आएका छन्।यहाँका किसानहरुले उत्पादन गरेको तरकारी झापाका व्यापारीहरु घरैमा आएर खरिद गर्ने गरेका छन्। अहिले सूर्योदय नगरपालिका, रोङ गाउँपालिकाको विभिन्न गाउँमा उत्पादन भएका तरकारी झापाका बजारहरुमा उज्यालो नहुँदै पुग्छन्।किसानहरुले उत्पादन गरेको टमाटर, साग, आलु, इस्कुस लगायतका त

कामना सेवा विकास बैंकको शाखा विस्तार

कामना सेवा विकास बैंकले इलाम जिल्लाको रोङ गाउँपालिकाको सलकपुरमा शाखारहित सेवा विस्तार गरेको छ ।बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने अभियान अन्तर्गत सो शाखारहित सेवाको मोबाइल एपमार्फत शुभारम्भ गरेको छ ।रोङ गाउँपालिका–६ सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोनका यामप्रसाद अधिकारीलाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा […]

इलामको रोङ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

इलाम - इलामको रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङ्बो तामाङ (सुवास) निर्वाचित भएका छन् ।  निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मेहरमान तामाङलाई पछि पार्दै उनी विजयी भएका हुन् । विजयी सुवासले चार हजार ६७९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेहरमानले चार हज...

इलामको रोङ गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

काठमाण्डौं – इलामको रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनिकुमार स्याङबो ४ हजार ६ सय ७९ मतसहित विजयी हुनु भएको छ ।  उहाँको निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का मेहरमान तामाङले भने ४ हजार ३ सय २२ मत प्राप्त गर्नु भएको छ ।  यस्तै उपाध्यक्षमा भने एमालेकी विष्णुमाया खवास विजयी हुनु भएको छ । विजयी खवासले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कल्पनादेवी खनाललाई चार सय ५९ मतले हराउँदै विजयी हुनु भएको हो । एमालेकी खवासको ४ हजार ६ सय ५६ मत छ भने कांग्रेसकी खनालको ४ हजार १ ...

रोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका तामाङ र उपाध्यक्षमा एमालेकी भुजेल

इलाम :  रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङबो तामाङ (सुवास)  र उपाध्यक्षमा एमालेकी विष्णुमाया भुजेल विजयी भएका छन्।सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्धन्धी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन्।त्यसैगरी, उपाध्यक्षमा विजयी भुजेलले ४६५६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ मत ल्याएकी छिन्।६ वटा वडा रहेको रोङ गाउँपालिकाको ३ वटा वडा अध्यक्ष नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् भने २ वटा एमाले

इलाममा हुरीले लडायो टेलिकमको टावर

इलाम – हावाहुरीले इलामको रोङ गाउँपालिकाको भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको छ। वर्षासँगै आएको हावाहुरीले इलामको रोङ गाउँपालिका ४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको हो। मेचीराजमार्गमा नजिकै रहेको नेपाल टेलिकमको फोरजी टावर लडाएको रोङका पत्रकार गणेश अर्यालले बताए। हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ। रोङकै सिद्धदेवी विद्या मन्दिरको छानोसमेत हावाहुरीले उडाएको […]

इलामको रोङमा प्याराग्लाइडिङको परीक्षण, वडाध्यक्ष आफै परीक्षण उडानमा

झापा – इलामको रोङ गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ। रोङ गाउँपालिकाको वडा नं ६ का अध्यक्ष आफै परीक्षण उडानमा सहभागी भएका थिए। वडाध्यक्ष मणिकुमार स्याङ्बोले आफ्नै गाउँमा पहिलोपटक परीक्षण उडानको मज्जा लिएका हुन्। रोङ गाउँपालिका–६ झण्डीडाँडाबाट शनिबार वडाध्यक्ष स्वाङ्बोले प्याराग्लाइडिङको उडान भरेका हुन्। पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर […]