धनुषामा आचारसंहिता उल्लङ्घन गर्ने एक दर्जन सवारीसाधन प्रहरीको नियन्त्रणमा

आगामी मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा ३ (१) का उम्मेदवार जितेन्द्रकुमार यादव, प्रदेशसभा ३(२) का उम्मेदवार दीपेन्द्र ठाकुर, धनुषा–३ का सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल झा, ३ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रामस