पाण्डेमाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद

काठमाडौँ । एक युवतीले बलात्कारको आरोप लगाएपछि पक्राउ परेका सुन्दरी प्रतियोगिता आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट थप ७ दिनको म्याद पाएको छ । जिल्ला अदालत काठमाडौँले काठमाडौँ प्रहरी कार्यालयलाई ७ दिनको समय दिएको हो । यसअघि पहिलोपटक ५ दिनको म्याद दिएको थियो । ८ वर्ष पुरानो घटना दाबी […]

सम्बन्धित सामग्री

उपप्रमुख मीरालाई हिरासतमा राख्न चौथो पटक म्याद थपियो

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । दुबै पक्षको जिकिरपछि सोमबार सप्तरी जिल्ला अदालतबाट यस्तो अनुमति प्रदान गरिएको हो । योसँगै नागरिकता कसुर सम्बन्धी मुद्दामा उपप्रमुख मीरालाई थप अनुसन्धान गर्न चौथो पटक ७ दिनको म्याद थपिएको हो । यसअघि अदालतले असार […] The post उपप्रमुख मीरालाई हिरासतमा राख्न चौथो पटक म्याद थपियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दीपलाई तेस्रोपटक थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएका हुन् । प्रहरी वृत गौशालाले उनलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको सो मागमा अब्जेक्सन जनाएका थिए । असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए

सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति, बालिका १९ वर्ष भएको दाबी

बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।लामिछानेलाई म्याद थपका लागि प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । योसँगै लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिन सुरु गरेको छ ।  म्याद थपपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले प्रहरी हिरासतमा रहेका लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेको बताए । लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको बताएको घिमिरेले बताए । जाहेरवालाले म १९ वर्षको भएँ भनेर इजलास समक्ष भनेको वकिल घिमिरेले जानकारी दिए । त्यस्तै इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेको वकिल घिमिरेले जानकारी दिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएको उनको भनाई छ । त्यस्तै अर्का अभिवक्ता सुधा रिजालले सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले अहिलेको जन्मदर्तामा जाहेरवाला नाबालिग नरहेकाले सन्दीपलाई फसाउन खोज्नेले जाहेरवालालाई परिचालन गरेको आशंका गरिएको उनको भनाई छ । पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको थियो ।  लामिछानेलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरेको थियो । लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ ।

सन्दीपलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं : बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई ७ दिन म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले उनलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको उनका वकिल सरोज घिमिरेले जानकारी दिए।लामिछानेलाई अब २७ गते पुन: अदालतमा पेस गरिनेछ। एक नाबालिकलाई होटलमा राखी बलात्कार गरेको आरोप लामिछानेमाथि लागेको छ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

काठमाडौँ- यी हुन् आजका मुख्य समाचारहरू संसदीय विशेष समिति निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले थप ७ दिन म्याद थप गर्न सरकारसगँ आग्रह गरेको छ । समितिको आज बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । सिंहदरबारमा आज बसेको […]

शर्मामाथि छानबिनका लागि थप ७ दिन समय माग्ने संसदीय समितिको निर्णय

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले तोकिएको समयमा काम नसक्ने निश्चित भएको छ । समितिको आज (बुधबार) बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको स्रोतले बतायो । सभामुख अग्नि सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए । […]

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । सुन्दरी प्रतियोगिता आयोजक पाण्डेले आठ वर्षअघि एभरेष्ट होटलमा बन्धक बनाएर बलात्

आठ वर्षअघिको घटनामा समातिएका मनोज पाण्डे थप ७ दिन हिरासतमा बस्ने

काठमाडौं : आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे थप ७ दिन हिरासतमा बस्ने भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज जिल्ला अदालतबाट थप ७ दिनको म्याद पाएको हो। सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले बलात्कार गरेको आरोप…

किशोरी बलत्कार प्रकरण : अध्यक्ष यादवको तेस्रो पटक म्याद थप

इनरुवा / भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवको जिल्ला अदालत सुनसरीबाट तेस्रो पटक म्याद थप भएको छ । सुनसरी प्रहरीका अनुसार यादवको हकमा तेस्रो पटक ७ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नेरेन्द्रकुमार कार्कीका अनुसार अनुुसन्धान बाँकी रहेकाले यादवको हकमा अदालतबाट थप ७ दिन म्याद थप भएको छ ।... The post किशोरी बलत्कार प्रकरण : अध्यक्ष यादवको तेस्रो पटक म्याद थप appeared first on Purbeli News.

सिद्धबाबालाई ७ दिन म्याद थप

२० मंसिर, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिन म्याद थप गरेकाे छ । अब उनी थप ७ दिन प्रहरी हिरासतमै बस्नेछन् । अनुसन्धान नसकिएको भन्दै …