महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा

काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् ।गृह, अर्थ, ऊर्जालगायतका मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको वर्तमान सरकारले कोरोना महामारीको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बेवास्ता गरेको छ । स्वास्थ्यमन्त्रीको अभावमा कोरोना महामारीसँग जुध्न सरकार आफंैलाई कठिन पर्छ तर पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले यसतर्फ खासै ध्या