सामसङको २०२३ टिभी सिरिज नेपाली बजारमा

काठमाडौं । सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ । दशैं–तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सामसङ २०२३ टिभी सिरिज नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो नयाँ लाइन–अपको टिभीहरु ४३ इन्चदेखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । […]