सवा दुई करोड लगानीमा तिलोत्तमाको अतिथि गृह

रुपन्देही । सवा दुई करोड लगानी गरेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो अतिथि गृह बनाएपछि यसको आवश्यकताका विषयमा चर्चा सुरु भएको छ । नगरपालिकाले वडा नं. ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ सय जना अट्ने क्षमताको सभाहल निर्माण गरेको हो । हाल सभाहलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास […]

सम्बन्धित सामग्री

कर्णालीमा ‘नागरिक अतिथि आवास गृह’ बनाइँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजना अघि बढाएको छ । राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो । आवास गृह निर्माणका लागि चालू आवमा प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । ‘अतिथि आवास गृहको निर्माण वीरेन्द्रनगर नगरपालिकामार्फत अघि बढ्नेछ,’ उनले भने, ‘आवास गृह निर्माण भए विशेषगरी राजधानी सुर्खेत बाहिरबाट आउने नागरिकलाई आर्थिक व्ययभार कम गर्न सहयोग पुग्नेछ ।’ कर्णालीको विकटता र यहाँका नागरिकको स्वास्थ्योपचारमा सघाउ पुर्‍याउने उद्देश्यले आवास गृह निर्माण गर्न थालिएको उनले बताए । शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले चालू आवमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण शुरू गरिने बताइन् । ‘आवास गृहको निर्माण चालू आर्थिक वर्षमै सम्पन्न हुन नसकेर बहुवर्षीय योजनामा जान सक्छ,’ उनले भनिन्, ‘परियोजना प्रतिवेदन तयार भएपछि यसको क्षमता कति हो भन्ने थाहा हुन्छ ।’    उनका अनुसार अतिथि गृह निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ सुर्खेतस्थित जग्गा छनोट गरेको छ । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ स्थित उत्तरगंगामा एक करोडको लगानीमा किरियापुत्री भवन निर्माण गर्न थालिएको उनले बताइन् । ती सबै काम कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा वीरेन्द्रनगर नगपालिकामार्फत सम्पन्न हुने बताइएको छ । रासस